मिलेमतोमा कार्गो विल्डिङको ठेक्का

मिलेमतोमा कार्गो विल्डिङको ठेक्का

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थल भैरहवामा निर्माण गर्न लागेको कार्गो टर्मिनल विल्डिङको ठेक्का मिलेमतोमा भएको पाइएको छ।प्राधिकरणको राष्ट्रिय गौरवको आयोजनाले मागेको कार्गो भवन निर्माण ठेक्का सबैभन्दा कम कबोल गर्नेलाई पन्छाएर बढी कबोल गर्ने कम्पनीलाई दिइएको छ।यसबाट मिलोमतो भएको आशंका गरिएको छ।

प्राधिकरणले बढीमा ८० करोड रुपैयाँ लागत अनुमान गरी ठेक्का प्रस्ताव माग गरेको थियो।तर, कम कबोल गर्नेलाई नदिई ८० करोडमा नै निर्माण गर्न प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइएको छ।प्राधिकरणले ठेक्का माग्दै काम गरेको अनुभव अर्थात् प्रमाणपत्र माग्दा ठेक्का रकम प्रतिकरोड ०.८ प्रतिशत मात्रै माग्नुपर्नेमा यो कार्गो भवनका लागि ०.९ प्रतिशत मागिएको थियो।सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले तय गरेको मापदण्डअनुसार यस्तो अनुभवको प्रमाणपत्र माग्दा सामान्यताः एक करोडको काम गराउन बढीमा ८० लाख रुपैयाँसम्म काम गरेको हुुनपर्ने सर्त राखिने गरिन्छ।तर, प्राधिकरणले पीपीएमको निमयभन्दा बाहिर गएर थोरै कम्पनीलाई मात्रै सहभागी गराउने गरी सेटिङ मिलाएर ठेक्का दिनकै लागि ०.९ प्रतिशतको अनुभव माग गरेको उल्लेख छ।प्राधिकरणअन्तर्गत यो आयोजना बनाउन ८० करोड रुपैयाँको कामका लागि झन्डै ७० करोड रुपैयाँको अनुभव माग गरिएको थियो।यस्तो अनुभव ६४ करोड रुपैयाँको मात्रै भए पुग्ने थियो।प्राधिकरणले बढीभन्दा बढी प्रतिस्पर्धा गराउन ६४ करोड रुपैयाँको अनुभव भएको कम्पनी मागेको भए अरु पाँच÷सातवटाले प्रतिस्पर्धा गर्न सक्थे।

प्राधिकरणले यो कार्गो विल्डिङको निर्माण रकम बढाउनकै लागि १६ करोड २५ लाख रुपैयाँ प्रोभिजन फन्डमा राखेको छ।उक्त फन्ड ५० लाखदेखि एक करोड रुपैयाँसम्म मात्रै हुनुपर्ने थियो।यो रकम प्राधिकरणले २० प्रतिशतभन्दा बढी देखाएको छ।यसरी राखिने प्रोभिजन फन्डबाट नदेखिएको, स्टेटमेन्टमा छुटेको रकममा खर्च गर्ने गरी तय गरिने गरिन्छ।तर, प्राधिकरणले यति ठूलो रकम बिना स्टमेट र नदेखिने कामका लागि कहाँ खर्च गर्न राखेको भन्ने स्पष्ट नगरी ठेक्का बनाएको छ।

प्राधिकरण आफैै प्राविधिक कार्यालय हुँदाहुँदै पनि ठेक्का रकममा भएको यस्तो कार्यले ठेक्कामै चलखेल गर्न खोजेको पाइएको छ।यो कार्गो भवन बनाउन ठेक्का हाल्ने ६ वटा कम्पनीमध्ये पाँचवटाले लागतभन्दा कम कबोल गरेका थिए।लागत हाराहारीमै कबोल गर्ने कम्पनीलाई प्राधिकरणले छनोट गरेर अन्य कम्पनीलाई अस्वीकृत गरेको दाबी स्रोतको छ।

यो आयोजना निर्माण गर्न ८० करोडको कामका लागि झन्डै ७० करोड रुपैयाँको अनुभव माग गरिएको थियो।

प्राधिकरणले माग गरेको ठेक्कामा आवेदन दिने निर्माण कम्पनीमा केसी कन्स्ट्रक्सन फर्म, कन्टेक–समानान्तर–बानियाँ जेभी, बर्गने, शर्मा–लुम्बिनी–गजुरमुखी जेभी, रसुवा कन्स्ट्रक्सन कम्पनी र गौरी पार्वती–एमबी–मृतसञ्जीवनी जेभी थिए।यसमध्ये कन्टेक–समानान्तर–बानियाँ जेभी र शर्मा–लुम्बिनी–गजुरमुखी जेभीको मात्रै आर्थिक प्रस्ताव खोलिएको थियो।यी दुई कम्पनीमध्येबाट प्राधिकरणले शर्मा–लुम्बिनी–गजुरमुखी जेभीलाई छनोट गरेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले मागेको उक्त प्रस्तावमा ६ वटा कम्पनीको आवेदन परेकामा चारवटालाई प्राविधिक रूपमै अस्वीकृत गरेर दुईवटालाई मात्रै स्वीकृत गरिएको थियो।प्राविधिक रूपमै अस्वीकृत भएका चारवटै कम्पनीले लागत अनुमानभन्दा २० प्रतिशत कममा एयरपोर्ट कार्गो विल्डिङ बनाउने प्रस्ताव गरेका थिए।तर, प्राधिकरणले भने पूर्वयोजनाअनुसार तयारी गरेको र मिलेमतोमा लागत रकम बराबरमै प्रस्ताव पेस गरेको शर्मा–लुम्बिनी–गजुरमुखी जेभीलाई कार्गो भवन बनाउने जिम्मा दिएको हो।प्राधिकरणको मूल्यांकन समितिले निर्णय गरेको भए पनि प्राधिकरण महानिर्देशकले स्वीकृत दिन भने बाँकी नै रहेकाले छनोट कम्पनीको नाम र यसको ठेक्का रकम भने सार्वजनिक नगरिएको प्राधिकरण स्रोतको भनाइ छ।

प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने कार्गो भवन बनाउन ८० करोड रुपैयाँको ठेक्का भएको तर यसको मूल्यांकन गरेर ठेकेदार छनोट भएको विषय आफूलाई जानकारी नभएको बताए।उनले भने, ‘प्रस्ताव मूल्यांकनकै चरणमा छ भन्ने जानकारीसम्म मैले पाएको छु, कन्ट्याक्ट अवार्ड नै भयो भन्ने विषयमा कुनै जानकारी छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.