मुन-किम शिखर बैठक असोज २ मा

मुन-किम शिखर बैठक असोज २ मा

सोल : दक्षिण कोरियाले राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच असोज २ गते प्योङयाङमा गर्ने जानकारी दिएको छ ।उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मुनका विशेषदूत चुङ उई-योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमति हुनेक्रममा रहेको जानकारी दिएका छन् । राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँचसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गरेका थिए । उनका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हुन पनि सहभागी थिए । 

मुन र किमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए । चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर-कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने जानकारी दिएका छन् ।

‘दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपाय खोजीका विषयमा छलफल हुनेछ । बैठकमा कोरियाली द्वीपलाई आणविक नि:शस्त्रीकरण सहित समृद्ध बनाउने उपाय खोजी गरिनेछ’, चुङले भने । उत्तर कोरियाली नेताले आणविक नि:शस्त्रीकरणप्रतिको प्रतिबद्धतालाई पुन: दोहो¥याएका र त्यसका निम्ति अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहेको चुङले जानकारी दिए ।

‘अध्यक्ष किम जोङ-उनले कोरियाली द्वीपमा पूर्ण आणविक नि:शस्त्रीकरण गर्न पुन: प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसका निम्ति दक्षिण कोरियामात्र नभई अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गर्नुभयो’, उनले भने । दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले अमेरिका र उत्तर कोरियाबीच आणविक नि:शस्त्रीकरणका विषयमा देखिएका कठिनाइ फुकाउने पनि उद्देश्य राखेको थियो । उत्तर कोरियाबाट आणविक नि:शस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धताबमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निधारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए ।

उत्तर कोरियाली नेता किमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गरेका छन् । चुङले भने, ‘उत्तर कोरियाले आणविक नि:शस्त्रीकरणका बारेमा गरेका कार्य अर्थपूर्ण र महत्वपूर्ण रहेका छन् ।’ किमले पुङे-री को आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट पार्दै आएका छन् । अन्तर्राष्ट्रय समुदायले आफ्ना कार्यहरूको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दु:ख लागेको भन्दै नेता किमले चिन्ता व्यक्त गर्दै आएका छन् ।

नेता किमले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक नि:शस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरेको बताइएको छ । किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको चुङले खुलासा गरे । सन् १९५०-५३ मा भीषण युद्ध लडेका दुई कोरिया प्राविधिक रूपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच युद्धविराम सम्झौता भएको छ तर शान्ति सन्धि भएको छैन । मुन र किमले औपचारिक रूपमै यो वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाइसकेका छन् । यस्तो घोषणाप्रति अमेरिकीहरू भने सन्तुष्ट देखिँदैनन् । कोरियाली युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ आफ्ना हजारौं सैनिक फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ । रासस/योन्हाप
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.