जडीबुुटी संरक्षण गर्दै किसान

जडीबुुटी संरक्षण गर्दै किसान

बेसीसहर : लमजुङका किसान लोपन्मुख जडीबुटीको संरक्षणमा जुटेका छन् । उनीहरूले जिल्लाको लेकाली क्षेत्र र बाहिरी जिल्लाबाट विभिन्न प्रकारका जडीबुटीको बिउ ल्याएर नर्सरी स्थापना गरी खेती गर्न सुरु गरेका छन् । क्व्होलासोंथर गाउँपालिका ८, घाम्राङको सामुदायिक वनमा जडीबुटी नर्सरी तथा बगैंचा निर्माण गरिएको छ । कोम्रो सामुदायिक वन र हिमालयन हब सेन्टरको सहकार्यमा जडीबुटीखेती गर्न थालिएको सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनी जग्गामा जडीबुटीको नर्सरी र १५ रोपनी जग्गामा बगंैचा बनाइएको छ । गत वर्षको जेठबाट बिउ जमाउन थालेको उनले बताए । नर्सरीमा लौठसल्लाका १८ हजार बिरुवा, तेजपात चार हजार, सतुवा दुई हजार, पाँचआंैले, धस्रिगरे, सुगन्धवाल, अस्वगन्ध, टिमुर, कुरिलो, जैतुन, अक्करकाँडालगायत २५ प्रकारका जडीबुटीका ४० हजार बिरुवा लगाइएको छ ।

गुरुङका अनुसार बिरुवा हुर्कंदै गएको छ । आउँदो हिउँदबाट बिरुवा बेच्न सकिनेछ । बगैंचामा लौठसल्ला, चुत्रो, चिराइतो, सतुवा, असोगन्ध, सुगन्धवाल, घाँसमा किन्बु, बकाइनो, खनियो, काठमा सतिसाल, विजयसाल, नगदेबालीमा कफीलगायत दुई हजार बिरुवा छन् । जडीबुटी लोपन्मुख हुँदै गएपछि स्थानीयको सक्रियतामा जडीबुटी संरक्षण अभियान थालिएको गुरुङले बताए । स्थानीय, सामुदायिक वन र हिमालयन हब सेन्टरले जडीबुटीको संरक्षण गर्न थालेको हो । ‘जडीबुटी हराउँदै गयो । बहुउपयोगी जडीबुटीको संरक्षण गर्न अभियान थालेका हौं’, उनले भने । नर्सरीमा गत वर्ष १२ लाख रुपैयाँ र यो वर्ष ४ लाख रुपैयाँ गरी १८ लाख लगानी भएको छ । बिउ खरिद, टनेल निर्माण, टहरो, तारजालीलगायत भौतिक पूर्वाधार निर्माण, जग्गा व्यवस्थापनमा लगानी भएको गुरुङले बताए । गाउँमाथिको लेकबाट र गाउँलेले खोजेर ल्याएका बिरुवा खरिद गरिएको छ । केही जिल्लाबाहिरबाट समेत ल्याइएको छ ।

कोम्रो सामुदायिक वनका अध्यक्ष पसबहादुर गुरुङले त्यस क्षेत्रमा जडीबुटी पाइने भएता पनि हराउँदै गएपछि यसको संरक्षणका लागि हिमालयन हब सेन्टरको सहयकार्यमा जडीबुटी संरक्षणमा जुटेको बताए । ‘जडीबुटी फूल नफुल्दै निकाल्छन् । वनमा मासिँदै गएको छ । संरक्षणको आवश्यता ठानेर खेती गर्न थालेका छौं’, उनले भने । उत्पादनको ३ प्रतिशत सामुदायिक वनलाई दिने गरी सामुदायिक वनमा खेती गरिएको हो । गुरुङका अनुसार जमाएको दुई वर्षपछि बिरुवा बिक्री गर्न सकिनेछ ।

डिभिजन वन कार्यालय लमजुङका डिभिजनल वन अधिकृत मोहन काफ्लेले जडीबुटी खेतीका लागि कार्यालयबाट सहयोग गर्दै आएको बताए । यो वर्ष मात्रै बिरुवा उत्पादन, नर्सरी निर्माण, बिरुवा खरिदका लागि पौने ९ लाख रुपैयाँ सहयोग गरेको उनले बताए । उनका अनुसार जिल्लाको मस्र्याङ्दी गाउँपालिका ५, घेर्मुको उपल्लो चिप्लामा पनि दुई हजार लौठसल्लाका बिरुवा उत्पादन गरी खेती गर्न थालिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.