‘सरकार, पुल बनाउन आन्दोलन नै गर्नुपर्ने हो ?'

‘सरकार, पुल बनाउन आन्दोलन नै गर्नुपर्ने हो ?'

 जाजरकोट : जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ । ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो । १८ महिनामा बन्नुपर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने निर्णय सम्बन्धमा सर्वोच्च अदालतको फैसला ढिलाइले पुल निर्माण अलपत्र परेको छ ।

लामो समयसम्म पुल नबनेर अलपत्र परेपछि बर्खामा पश्चिम जाजरकोटको यातायात ठप्प हुने गरेको छ । स्थानीयले पुल निर्माण बनाउन धेरै पटक जिल्ला तहदेखि संघीय सरकारको समेत ध्यानाकर्षण गराइसकेका छन् । तर, कसैको यसतर्फ ध्यान नदिएको शिवालय–१ का पूर्णबहादुर महताराले बताए । ‘सरकार यो पुल कहिले बन्छ ? एउटा सामान्य पुल बन्न कति वर्ष लाग्ने हो ? यस्तै पाराले समृद्धि सम्भव छ ? ’ उनले प्रश्न गर्दै भने, ‘पुल बनाउन हामीले आन्दोलन नै गर्नुपर्ने हो ? ’

पुल निर्माणमा बेवास्ता गर्ने सर्वउद्धार÷फ्रेन्ड्स जेभी निर्माण सेवा काठमाडौंलाई जिल्ला समन्वय समितिको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गत वर्ष नै कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । फर्म कालोसूचीमा राखिएपछि निर्माण कम्पनीका प्रोप्राइटर हरिबहादुर लामा र पुष्पराज बजगाईंले फर्मलाई कालोसूचीबाट हटाइपाऊँ भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले गत वर्ष असोज २७ गते विपक्षका नाममा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी ग¥यो । वर्ष दिन बित्न लाग्दा पनि अन्तिम फैसला भने हुन सकेको छैन । उक्त पुलको विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले पुल निर्माणको ठेक्का तोडी नयाँ ठेक्का खोल्न नमिल्ने जिल्ला समन्वय अधिकारी कमलराज भण्डारीको भनाइ छ । पुल निर्माण रोकिएपछि गत आर्थिक वर्षको ७० लाख बजेट पनि फिर्ता गएको छ । मोर्क पुल निर्माणमा ढिलाइ हुँदा जाजरकोट जुम्ला सडकमा पर्ने १२ वटा पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । साथै, अन्य विकास निर्माणमा पनि बाधा पुगेको जिल्ला समन्वय अधिकारी भण्डारीको भनाइ छ ।

जाजरकोट जुम्ला रणनीतिक सडकको मोर्क खोला पक्की पुल निर्माण गर्न ठेकेदारले ढिलाइ गरेको छ । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण समयमै नसकिएको हो । ठेकेदारको लापरबाहीले पुल निर्माण सुरु भएको सात वर्ष बित्दासमेत कार्य सम्पन्न हुन सकेको छैन ।

जाजरकोटको शिवालय गाउँपालिका–१ को मोर्कखोला जोडिने २५ मिटर लम्बाइ तथा ४ मिटर चौडाइको मोर्क पुल स्थानीय सडक पुल आयोजनाअन्तर्गत निर्माण हुन लागेको हो । पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले ०६९ सालमा सर्वउद्धार÷फ्रेन्ड्स जेभी निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । १ करोड ९६ लाख लागतमध्ये घटाघटमा १ करोड ४४ लाखमा सम्झौता गरेको थियो ।

ठेकेदारले पुल निर्माण गर्न ९१ लाख ८४ भुक्तानी लिइसकेका छन् । तर, पुलको सब स्टक्चरको कार्यबाहेक अन्य काम हुन सकेको छैन । पुलको सुपरस्टक्चर, पहुँचमार्ग, नदी नियन्त्रणलगायत कार्य अलपत्र छ । ०७३ मा तेस्रो पटक म्याद थप हँुदासमेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता देखाएन । व्यवसायीले समयमा पुल नबनाउँदा पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावतमा सास्ती हुने गरेको छ ।

मोर्क बजारदेखि थलहबजारसम्मको २५ किमि सडकमा यातायात सहज बन्न नसकेको स्थानीयको गुनासो छ । सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ । बर्सेनि वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । पुल नहँुदा स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भएको शिवालय गाउँपालिका–१ स्यापीका मानबहादुर पुनले बताए । स्थानीय तहले २६ लाख खर्चेर बनाएको कजवेले समेत काम नगरेको उनी बताउँछन् । पुल नबन्दा खोलाले बगाएर स्थानीयको ज्यानसमेत जाने गरेको छ । छिटोछरितो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ । मोर्क पुल जाजरकोट पश्चिम क्षेत्रको मुख्यद्वार हो । ठेकेदारले प्रतिस्पर्धामा कामको जिम्मेवारी लिने तर कार्य सम्पन्न गर्नेतर्फ बेवास्ता गर्ने प्रचलनले पुललगायत पूर्वाधार निर्माणमा समस्या हुने गरेको छ । काम नगर्ने ठेकेदारको नाम स्थानीय प्रशासनले गृहमा पठाए पनि कारबाही हुन नसकेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.