अटो रिक्सामा सररर
स्याङ्जा : तराइजस्तै गर्मी छ स्याङ्जाको चापाकोटमा । पैदल हिडडुुँल गर्न कठिन । भनेको समयमा सवारी साधन पाउन मुुस्किल भएको बेला अटो रिक्साले सबैको ध्यान तानेको छ । चापाकोमा रिक्सा सञ्चालनमा आएपछि स्थानीयबासीलाई धेरै सहयोग पुुगेको छ । यसअघि दामाचौरका दिर्घबन्धुु पौडेल डेढ घण्टा पैदल हिँडेर सुुन्तलीटार आउनु पथ्र्यो । तर, हिजोआज रिक्सा चढेर आउँदा ३०÷३५ मिनटमै आइपुुग्न सकिन्छ । ‘रिक्सामा चढेपछि न घामपानीले प्रभावित पार्छ, न त धेरै समय नै लाग्छ । सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ’, पौडेलले भने ।
बोटेटारका भुुवन भण्डारी पनि अटो रिक्सा चढ्न थालेपछि समय बचत भएको बताउँछन् । हतार हतारमा छिटै खाना खाएर हिड्नुु पर्ने वाध्यता हटेको र आफ्नो समय निर्धारण गरेर आरामसँग डिड्न थालेपछि शारीरिक एवं मानसिक स्वच्छता बढेको भण्डारीले बताए । साना दुुरीका यात्राका लागि सवारी साधन नपाइने समस्याबाट हैरान भएको चापाकोटबासीलाई अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो बनेको छ । तीन महिनादेखि चापाकोटमा सञ्चालनमा ल्याइएको अटो रिक्साले स्थानीयबासीलाई धेरै सहज बनाएको छ ।
नगरपालिका वरपर करिब ११ किलोमिटर दायाँबायाँसम्म रिक्सा सञ्चालनमा ल्याइएको हो । चापाकोट नगरभित्र सुुन्तलीटार, बोटेटार, फूलबारी, सीतलटार लगायत साविक (रत्नपुुर, चापाकोट र कुुवाकोट) का प्रमुुख बजार क्षेत्रमा दैनिक ६ वटा रिक्सा सञ्चालनमा छन् । रिक्सा संचालनमा आएपछि बालबालिका, अशक्त, अपांग र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिड्नुु पर्ने यात्रा १५÷२० मिनेटमा टुुंगिने गरेको छ ।
बिमा सहित ६ लाख ५० हजारमा अटो रिक्सा खरिद गरेको बताउँछन चालक अर्जुुन भट्टराई । एक लिटर पेट्रोलले सडकको अवस्था हेरेर कच्ची सडकमा ६ देखि ८ किलोमिटर र पक्की सडकमा १० देखि १२ किलोमीटर माइलेज दिने बताए । ‘चार सिट क्षमताको अटो रिक्साले चापाकोट सुुन्तलीटार — दामाचौरसम्म करिब ७ किलोमिटर यात्राको प्रतिव्यक्ति एक सय रुपैंया लिने गरेको छ ।