पोखरी बनेपछि सिँचाइ समस्या टर्‍यो

पोखरी बनेपछि सिँचाइ समस्या टर्‍यो

कुस्मा : सिँचाइ अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने समस्या हटेको छ । लामो समयदेखि सिँचाइ अभाव हुँदा जिल्लाको मुख्य खाद्यान्न उत्पादन हुने कु्स्मा नगरपालिका–१ पाङका कृषक खेतबारी बाँझै छाड्न बाध्य थिए । नजिकमा गतिलो सिँचाइको स्रोत नहुँदा आकासे पानीको भरमा रोपाइँ गर्दै आएका किसानको समस्या अब हटेको छ ।

खेतीयोग्य जमिन नजिकै सिँचाइ पोखरी निर्माण भएपछि समस्या हटेको हो । किसानले सिँचाइको अभाव टार्न पोखरी निर्माण गरेका हुन् । खेतीयोग्य जमिन प्रसस्त भए पनि सिँचाइ अभावमा बाँझो रहेको पाङको नुवार, सुवेदीथरको जमिन अबदेखि बाह्रैमहिना सिँचाई हुने भएको छ ।

कुश्मा नगरपालिकाको ६ लाख ५० हजार रुपैयाँ र स्थानीयबासीको श्रमदान १ लाख ३० हजार गरी कुल ७ लाख ३० हजार रुपैयाँ पोखरी निर्माण गरिएको हो । पोखरीमा जम्मा भएको पानीले १ सय ४० घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । १९ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ६ फिट गहिराइको पोखरीमा जम्मा भएको पानीले १४ हेक्टर क्षेत्रफलको खेतबारी सिँचाइ हुने भएपछि किसान हर्षित बनेका छन् । पोखरीमा जम्मा हुने पानी ल्याउन र सिँचाइ गर्न कुलो पनि निर्माण गरिएको छ ।

आर्थिक अभावका कारण पोखरी निर्माण गर्न नसकेका किसान लागि नगरपालिकाले साढे ६ लाख रुपैयाँ सहयोग गरेपछि बाँकी स्थानीयले श्रमदानबाट काम गरेका हुन् । पोखरी बनेपछि समयमै सबै किसिमका बालीनाली लगाउन समज भएको स्थानीय देवेन्द सुवेदीले जानकारी दिए । उनले भने,‘खानेपानीको धाराको पानी संकलन गरेरै भएपनि अबभने समयमै मौसमअनुसारका बालीनाली लगाउन पाइने भयो ।’ अब आकाशतिर हेरेर बस्नुपर्ने बाध्यता हटेको उनले बताए ।

स्थानीय होमनाथ सुृवेदीका अनुसार पोखरी निर्माण भएपछि उत्पादन समेत बढ्ने आशा स्थानीयको छ । ‘पहिला धान, मकै, आलु वा अन्य तरकारी रोपेपछि पानी लगाउन पाइँदैनथ्यो । अब भने पोखरीमा संकलन गर्ने र पालैपालो आ–आफ्नो खेतबारीमा सिँचाइ गर्न पाइने भएको छ’, सुवेदीले भने । उक्त पोखरीको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका छन् ।

पाङको उर्वर भूमिबाट दोब्बर/तेब्बर कृषि फसल उत्पादन गरेर आत्मनिर्भर बन्न यो पोखरीले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । नगरप्रमुख जोशीले किसानलाई सिँचाइको सुविधा र सडकको व्यवस्था पुगेकाले विदेश जाने र भौतारिने भन्दा गाउँमै रहेको खेतीयोग्य जमिनमा तरकारी, खाद्यन्न र फलफूल उत्पादनमा लाग्न युवालाई सचेत गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.