भोला रिजालले ओम अस्पताल छाडे, अब एनएमसीतिर

भोला रिजालले ओम अस्पताल छाडे, अब एनएमसीतिर

काठमाडौँ : वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर भोला रिजालले आफ्नो ओम अस्पताल छाडेका छन् । ओम अस्पतालको व्यवस्थापनको नेतृत्वमा चलचित्र निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेल प्रवेश गरेसँगै रिजाल बाहिरिएका हुन् । 

ओमबाट बाहिरिएपछि रिजाल नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलमा जोडिएका छन् । उनले अब आफ्नो सबै नियमित स्वास्थ्य सेवा एनएमसीबाटै दिने भएका छन् । 

गरिब तथा विपन्न नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवाका लागि पुरा समय अब नेपाल मेडिकल कलेजबाट दिने जानकारी रिजालले दिएका छन् । ‘मैले आफ्नो सेवालाई एनएमसीबाट नियमित गर्ने निर्णय लिएको छु’, रिजालले भने, ‘यसबाट बिरामीमा पर्न गएको केही असुविधाप्रति क्षमा चाहान्छु ।’ 

आगामी सोमबारदेखि हप्ताको ६ दिन रिजालले शिक्षण अस्पताल जोरपाटीबाट नियमित स्वास्थ्य सेवा दिने भएका छन् । ‘मेरो नियमित सेवा आगामी सोमबारदेखि एनएमसीबाट सुरु हुने छ । गरिब र बिपन्न बिरामीलाई सहजरुपमा स्वास्थ्य सेवा दिने मेरो पहिलो लक्ष्य हुने छ’, उनले भने । 

रिजालले आफ्ना नियमित सेवाग्राहीलाई नेपाल मेडिकल कलेजमै आउन आग्रह गरेका छन् । नेपाल मेडिकल कलेज जोरपाटीमा रिजालले दिउसो १ देखि ४ बजेसम्म बिरामी हेर्ने तालिका बनाइएको छ ।  ।
 
ओममा उद्धव

चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (ओम अस्पताल) को सञ्चालक समितिको भदौ २० मा बसेको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । 

अस्पतालको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आएका पौडेल चलचित्र हलका मालिक तथा चलचित्र निर्माता पनि हुन् । 

ओम अस्पताल

ओम अस्पताल तथा अनुसन्धान केन्द्र स्त्री तथा प्रसुति रोगको उपचारमा ख्याती कमाएको अस्पताल हो । यसले टेष्ट ट्युब बच्चाको सेवा सुरू गरेपछि झन् बढी चर्चित बनेको थियो। 

यो अस्पताल र यहाँ टेस्ट ट्यूब बेबीको सुरूवात रिजालकै नेतृत्वमा भएको थियो ।  यो अस्पताल नेपालमा टेष्ट ट्युब बच्चा सफलरूपमा जन्माउने पहिलो अस्पताल हो। ओम अस्पतालको स्थापना ८ बेड र ३ जना डाक्टरका साथ बि.सं २०४७ मा ओम नर्सिङ होमको नाममा खुलेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.