क्रिकेट कमेन्टेटर सुन्दरीका रोचक कथा

क्रिकेट कमेन्टेटर सुन्दरीका रोचक कथा

छक्का-चौकाको रोमाञ्चकता र चियरलिडरको ग्ल्यामरले क्रिकेट पछिल्लो समय चर्चामा छ। अझ पछिल्लो समय लोकप्रिय छोटा स्वरूपका कारण क्रिकेट सबैको प्यारो खेलमा दरिएको छ। कुनै समय पुरुषको दबदबा भएकोे क्रिकेटमा पछिल्लो समय महिलाको उपस्थिति निकै बढेको छ।

 महिलाहरू मैदानमा खेल्ने र चियरलिडरका रूपमा नाच्ने मात्र होइन, प्रस्तोताका रूपमा पनि उत्तिकै चर्चा कमाइरहेका छन्। खेल हुनु अगाडि र खेल पछाडिका विश्लेषणमा पनि महिलाहरूको सहभागिता बढ्न थालेको छ। अझ टेलिभिजन च्यानलहरूले आफ्नो टीआरपी बढाउनकै लागि ग्ल्यामरस र सेक्सी प्रस्तोता राख्न थालेपछि क्रिकेट लोकप्रियताको शिखरमा छ।क्रिकेटको ‘क्रेजी’ देश भारतमा चर्चामा रहेका केही ग्ल्यामरस महिला क्रिकेट प्रस्तोता (कमेन्टेटर) को चर्चा यहाँ गरिएको छ।

मायन्ती लाङ्गर

मायन्ती भारतीय खेलकुद पत्रकार र टेलिभिजन प्रस्तोता हुन्। टेलिभिजन पत्रकार मायन्ती विशेषगरी क्रिकेट र फुटबलमा केन्द्रित छिन्। उनले फिफा विश्वकप फुटबलको कार्यक्रम सञ्चालन गरेको आफ्नो करियर सुरु गरेकी थिइन्। भारतमा फुटबलभन्दा बढी क्रिकेटको क्रेज रहेको देखेपछि उनले क्रिकेटमा केन्द्रित भइन्। उनले सन् २०११ को आईसीसी विश्वकप क्रिकेट चारु शर्मासँग मिलेर सञ्चालन गरेकी थिइन्। गोरो अनुहार र ग्ल्यामरस छविकी मायन्तीले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। उनले विभिन्न भारतीय टेलिभिजनमा क्रिकेट तथा फुटबलका कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। उनले विशेषगरी स्टार स्पोर्ट्स च्यानलमा कार्यक्रम सञ्चालन गर्ने गर्दछिन्। उनले फुटबल र क्रिकेटका अलावा ओलम्पिक, कमनवेल्थ, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छन्।

सन् १९८५ मा दिल्लीमा जन्मिएकी मायन्तीले आफ्नो जीवनसाथी पनि क्रिकेट खेलाडीलाई नै रोजिन्। सन् २०१२ मा उनले अलराउन्डर स्टुवार्ट बिन्नीसँग लगनगाँठो कसिन। मायन्तीले अधिकांश स्कुलेजीवन अमेरिकामा बिताइन्। उनको बुवा संयुक्त राष्ट्रसंघमा काम गर्ने भएकाले मायन्तीले पनि अमेरिकामै बसेर पढिन्। तर उनी कडा अनुशासनमा बसिन्। हजुरबुवा र बुवा दुवै जना आर्मीमा भएकाले पनि उनको परिवार अनुशासनमा निकै कडा थियो।

शिवानी डान्डेकर

शिवानी बहुआयामिक छिन्। उनी गीतसंगीतमा निकै चर्चित छिन्। उनले गाएका गीत धेरैको मुखमा झुन्डिने गरेको छ। यसबाहेक उनी अभिनयमा पनि सक्रिय छिन्। म्युजिक भिडियोदेखि टेलिभिजन तथा ठूलो पर्दाको चलचित्रमा उनले अभिनय गरेकी छन्। यसैगरी शिवानी एक मोडल पनि हुन्। उनले आईपीएलको चौथो संस्करणमा मोडलिङ गरेकी थिइन्। त्यसलगत्तै उनले इन्डियन प्रिमियर लिग (आईपीएल) को एक्स्ट्रा इनिङ सञ्चालन गर्ने अवसर पनि पाइन्। उनले नवजोतसिंह सिन्धु र सोयब अख्तरसँग क्रिकेटका टेक्निङ र खेलाडीका विशेषताका बारेमा चर्चा गरिन्। उनले टेलिभिजन प्रस्तोता भने एक अमेरिकी टेलिभिजनमार्फत सुरु गरेकी थिइन।

रियालिटी शो ‘झलक दिखलाजा’ मा सहभागी शिवानीले सेलिब्रेटी क्रिकेट लिगलगायत अन्य थुप्रै कार्यक्रम सञ्चालन गरिन्। क्रिकेटको नलेज र ग्ल्यामरस पर्सनालिटीका कारण शिवानी प्रस्तोताका रूपमा चर्चामा रहिन्। सन् १९८० मा महाराष्ट्रको पुणेमा जन्मिएकी शिवानीको परिवार सन् २००१ मा अमेरिका बसाइँ सरेको थियो। उनले त्यहाँको टेलिभिजनमा नमस्ते अमेरिका कार्यक्रम सञ्चालन गरिन्। त्यही समयमा आफ्ना दिदी र बहिनीसँग मिलेर सांगीतिक ब्यान्ड खोलिन्। थुप्रै गीतहरू गाइन्। हरेक क्षेत्रमा सफलता हात पारेकी शिवानी अहिलेसम्म अविवाहित छिन्। 

करिश्मा कोटक

 

करिश्मा ब्रिटिस इन्डियन मोडल, अभिनेत्री र कार्यक्रम प्रस्तोता हुन्। उनी ‘बिग बोस’ छैटौं संस्करणको प्रतिस्पर्धी पनि थिइन्। उनले थुप्रै म्युजिम भिडियोमा पनि काम गरेकी छन्।

करिश्मा आईपीएलको छैटौं संस्करण सञ्चालन गरिन्। उनले चर्चित खेलाडीसँग संवाद गरिन्। क्रिकेटका बारेमा परिचर्चा गरिन्। उनको ग्ल्यामरस छविले पनि करिश्मालाई टेलिभिजन स्क्रिनमा लोकप्रिय बनायो। सन् १९८२ मा लन्डनमा जन्मिएकी करिश्माका बुवा गुजराती हुन् भने आमा पूर्वी अफ्रिकाकी हुन्। सुरुमा शिक्षिका बनेकी करिश्माले त्यसपछि मोडलिङमा हात हालिन्। मोडलिङ हुँदै उनी टेलिभिजन स्क्रिनमा पुगिन्।

अर्चना विजय

क्रिकेट एंकरका अर्को चर्चित नाम हो, अर्चना विजय। ३५ वर्षीया अर्चनाको आकर्षक जीउडाल र ग्ल्यामरस छविले एंकरिङ क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन्।

सानै उमेरदेखि क्रिकेटमा रुचि राख्ने अर्चनाले भारतीय स्पोर्ट्स च्यानल नियो स्पोटर््समा काम गरिन्। उनले ‘एक्स्ट्रा कभर’, ‘क्रिकेट मसला मार के’लगायतका कार्यक्रम सञ्चालन गरिन्। यसैगरी ‘वान्स मोर’ कार्यक्रममार्फत क्रिकेट खेलाडीको महŒवपूर्ण क्षणका बारेमा चर्चा चलाइन्। नियो स्पोर्ट्समा चर्चाको शिखरमा पुगेकी अर्चनाले इन्डियन प्रिमियर लिगको उद्घोषिका रूपमा काम गर्न थालिन्। उनले क्रिकेटका विशेषज्ञहरूसँग खेलअघि र खेलपछि विशेष संवाद थालिन्। अर्चनाले खेलकुद कार्यक्रमका अतिरिक्त ‘खत्रोंका खेलाडी’ र ‘लाइफ मे एक बार’लगायत पनि सञ्चालन गरिन्। अर्चनाले सन् २०१५ मा धीरज पुरीसँग विवाह गरिन्।

सोनाली नागरानी

 

सोनालीले विभिन्न क्रिकेट कार्यक्रम सञ्चालन गरेकी छन्। पूर्वमिस इन्डिया इन्टरनेसनल सोनालीले आईपीएलको पहिलो संस्करण सञ्चालन गरेकी थिइन्। आईपीएलको एक्स्ट्रा इनिङ र टीट्वेन्टी विश्वकप इएसपीएन र स्टार स्पोर्ट्स टेलिभिजनमा सञ्चालन गरिन्। सोनाली सन् २००४ को मिस इन्डिया पेग्नेटको उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी थिइन्।

रोचेल मारिया राव

रोचेल एंकर तथा मोडल हुन्। सन् २०१२ मा आयोजना भएको फेमिना मिस इन्डिया इन्टरनेसनलको ताज पहिरिएकी थिइन्। उनले आईपीएलको छैटौं संस्करण सञ्चालन गरिन्। उनले पहिलो कार्यक्रममै निकै चर्चा बटुलिन्। आईपीएलको सफल सञ्चालनपछि रोचेल ‘सेलेब्रेटी’का रूपमा चर्चित भइन्। एउटै कार्यक्रमबाट उचाइमा पुगेकी उनले थुप्रै अन्तर्राष्ट्रिय कार्यक्रम पनि सञ्चालन गर्ने अवसर पाइन्। यसका साथै उनले किङ फिसरको क्यालेन्डरमा मोडलिङ गरिन्। इलेक्ट्रोनिक मिडियामा बीएससी गरेकी अर्चना विभिन्न टेलिभिजन सोमा पनि सहभागी भइन्। उनी बिग बोस-९ र झलक दिखला जाकी प्रतियोगी पनि हन्। उनले यही वर्ष केइथ सेक्वेरासँग विवाह गरिन्।

मन्दिरा बेदी

क्रिकेट खेलमा ग्ल्यामरस भित्र्याउने श्रेय जान्छ, मन्दिरा बेदीलाई। सेक्सी ड्रेसमा क्रिकेट कार्यक्रम चलाएपछि उनले निकै चर्चा कमाइन्। आईपीएल क्रिकेटमा उनको यति धेरै माग बढ्यो कि दक्षिण अफ्रिकामा आयोजना भएको प्रतियोगिता सञ्चालनको जिम्मा उनलाई दिइएको थियो। मन्दिरा बेदी आफूलाई बहुआयामिक भन्न रुचाउँछिन्। टेलिभिजन कार्यक्रम प्रस्तोताका अतिरिक्त अभिनय र फेसन डिजाइनिङमा पनि उनले राम्रै सफलता पाइन्।

सन् १९७२ अफ्रिलमा कलकत्तामा जन्मिएकी मन्दिरा अभिनय, कार्यक्रम प्रस्तोता र फेसन डिजाइनबाट मात्र चर्चाको शिखरमा पुगिनन्, अन्डर वल्र्ड डन दारुद इब्राहिमसँग जोडेर पनि उनको चर्चा गरियो। बेदीले सन् १९९९ मै राज कुशलसँग विवाह गरे पनि दाउदसँगको सम्बन्धलाई लिएर लामो समयसम्म चर्चा भइरह्यो। उनले सन् १९९४ मै टेलिभिजन सिररियल शान्तिमा अभिनय गरेकी थिइन्। दूरदर्शन र सोनी टेलिभिजनमा प्रसारित हुने औरत, क्योकी सास भी कभी बहु थिलगायत टेलिसिरियलमा काम गरेपछि सन् २००३ देखि क्रिकेट कमेन्ट्रीमा हात हालिन्। बेदीले सन् २००३ र २००७ को च्याम्पियन्स ट्रफी र आईपीएलको दोस्रो संस्करण सञ्चालन गरिन्।

- एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.