विदेशमा लोकनृत्य चिनाउँदै सपना

विदेशमा लोकनृत्य चिनाउँदै सपना

विभिन्न समुदायमा रहेका लोकनृत्यहरू लोप हुने अवस्थामा पुगेका छन्। यस्ता नृत्यहरू कुनै उत्सव वा विशेष समारोहमा बाहेक देखिन छाडेका छन्। उपत्यकाको नेवार समुदायमा प्रख्यात चर्या र भैरव नृत्य पनि विस्तारै लोप हुने अवस्थामा छन्। यिनै लोकनृत्यको जगेर्नामा लागिपरेकी छन्— काठमाडौं, नयाँ नैकापकी सपना श्रेष्ठ।

महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बीएड अध्ययन गरेकी सपनासँग सानैदेखि नृत्यको सोख थियो। त्यही सोखले नृत्य ‘क्लास’तिर पनि डोर्‍यायो। क्याम्पसमा हुने विभिन्न कार्यक्रममा नृत्य प्रदर्शन गर्दा पाएको प्रतिक्रिया र प्रशंसाले उनको नृत्य यात्रा झन् अघि बढ्यो। सुरुआती दिनहरूमा आफ्नो रहरले नृत्य सिके पनि नृत्यमा आएको निखारपन र उमेरको परिपक्वतासँगै उनले थुप्रै सम्मान र पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्। उनी आफ्नो सफलताको कारण गहिरो इच्छा र निरन्तरतालाई ठान्छिन्।

सन् २०१० मा एभरेस्ट नेपाल कल्चर ग्रुपद्वारा आयोजित देशव्यापी लोकसांस्कृतिक कार्यक्रममार्फत सपनाले विशेष रूपमा आफ्नो कला प्रस्तुत गर्ने मौका पाइन्। त्यसपछि सोही संस्थामा आबद्ध भई अन्तर्राष्ट्रिय जगत्मा समेत उनले नेपाली लोकसंस्कृतिको विविधतालाई चिनाउने कार्य गरिरहेकी छन्। हालसम्म उनी स्पेन, स्विट्जरल्यान्ड, दक्षिण कोरिया, चीन, फ्रान्स, पोल्यान्ड, ग्रिस र नेदरल्यान्डस्जस्ता मुलुकमा पुगी चर्या र भैरवी नृत्य प्रदर्शन गरिसकेकी छन्।

नृत्य प्रदर्शनको यात्रामा अन्य मुलुकका नागरिकहरूले नेपालका लोकनृत्यहरूको विविधा र नेपाली समाजबारे गहिरो चासो राख्ने गरेको र जानकारी लिन उत्सुक रहेको सपनाको बुझाइ छ। जीवनको महत्वपूर्ण समय लोकनृत्यमा दिएकी उनी आगामी दिनमा पनि यसै क्षेत्रमा अझ बढी सक्रियताका साथ लाग्ने बताउँछिन्। लोकनृत्यको माध्यमबाट नेपालबारे अरू देशहरूमा प्रचारप्रसार गरी नेपालमा पर्यटक भित्याउने सरकारको योजनालाई सघाउने उनको योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.