काठमाडाै‌ं महानगरकाे विकासमा जाइकाले सहयाेग गर्ने

काठमाडाै‌ं महानगरकाे विकासमा जाइकाले सहयाेग गर्ने

 काठमाडौँ  : जापान ईन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाईका) ले काठमाडौं महागरपालिकाको विकासमा सहयोग गर्ने प्रतिवद्वता जनाएको छ। जाइकाका नेपाल प्रमुख र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यबीच भएको भेटका क्रममा जाइकाका नेपाल प्रमुख साखूमा जूनसहितको टोलीले काठमाडौँ महानगरपालिको विकासका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएको हो।

जाइका नेपाल प्रमुख साखूमा जूनले काठमाडौँ महानगरपालिकाको फोहोर–मैला व्यवस्थापन र ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।  मेयर शाक्यकै कार्यकक्षमा करीब २ घण्टा कुराकानी गरेको जूनको टोलीले नेपालमा अहिले स्थायी सरकार बनेको भन्दै आफूहरु दीर्घकालीन सहयोगका लागि उत्साहित भएको बताए ।

‘हामी काठमाडौँ महानगरपालिकासँग दीर्घकालीन सहकार्य गरेर जान इच्छुक छौँ,’ भेटका क्रममा जूनले भने, ‘महानगरपालिकाको फोहोर–मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतका कुरामा हामी सहकार्य गर्न चाहन्छौँ । यसका लागि केन्द्रीय सकारसँग पनि छलफल गर्न चाहेका छौँ ।’

जूनले आफ्ना भनाई राखेपछि मेयर शाक्यले पनि जाईकासँग राम्रो प्राविधिक टीम रहेको भन्दै महानगरको विकासमा सहकार्य आफूहरु पनि तयार रहेको बताए । ‘नयाँ संविधान जारी भएसँगै नेपालमा स्थायी सरकार बनेको छ,’ शाक्यले भने, ‘हामीलाई जापान जस्तो अनुभवी प्राविधिक टीमको सहकार्य मञ्जुर छ । तर, त्यसका लागि निरन्तर छलफल आवश्यक छ । तपाईहरुले पनि आफूहरुले के कुरामा र कति, कसरी सहयोग गर्न चाहनु भएको छ । प्रष्ट खाका बनाएर ल्याउनुहोला ।’ 

शाक्यले राष्ट्र र महानगरको हितमा हुने सहयोगको खाका जाइकाले दिएको खण्डमा आफू केन्द्रीय सरकारसँग पनि छलफल गर्न तयार रहेको उनले  जानकारी दिए । ‘महानगरपालिका आफू मात्रै समृद्ध बन्ने होइन छिमेकलाई पनि समृद्ध बनाउने अभियानमा छ । महानगरपालिकाले यही कुरालाई ध्यानमा राखेर छिमेकी १० ओटा नगरपालिकालाई आर्थिक सहयोगको थालनी गरेको छ,’ शाक्यले भने, ‘तपाईँहरुले महानगरसँग सहयोगको हात अघि बढाउन चाहेका छौँ भन्दा मलाई पनि खुशी लागेको छ । हामी निरन्तर छलफल गरेर अघि बढौँ ।’ 

उनले महानगरपालिकाले स्मार्ट पार्किङ भवन निर्माण गर्ने, काठमाडौँ मेघा प्रर्दशनी हल निर्माण गर्ने जस्ता योजना अघि बढाएको भन्दै त्यसमा पनि सहकार्य गर्न सकिने बताए। जाइकाका प्रतिनिधिले कोटेश्वरको अण्डरपास, काठमाडौँमा मोनोरेल, मेट्रोरेल सञ्चालन जस्ता कुरामा पनि जिज्ञासा राखेका थिए ।  मेयर शाक्यले यी सबै विषयमा बृहत छलफल गरेर अघि बढ्न सकिने जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.