रुपाको 'फेसबुक' तीज उपहार

रुपाको 'फेसबुक' तीज उपहार

काठमाडौं : फेसबुक, ट्वीटरलगायतका सामाजिक संजालमा हिजोआज युवापुस्ता मात्रै नभई सबै उमेर समूहका मानिस झुम्मिएको देखिन्छ। जतिखेर पनि फुर्सद पायो की फेसबुकमा व्यस्त हुनेबारे  प्रतिकात्मक रुपमा गीतमा ढालेकी छिन् गीतकार कल्पना अधिकारीले। 

नजिकिँदै गरेको तीजको अवसरमा निकालिएको गीतमा स्वर र संगीत दिएकी छिन् नेपालको पहिलो महिला सरोदवादक रुपा न्यौपानेले। केही दिन अघि मात्र सार्वजनिक भएको गीतको म्युजिक भिडियो तीज गीत प्रेमीमाझ लोकप्रीय बन्दै गएको छ।

फेसबुकको क्रेज दर्शाइएको गीतको म्युजिक भिडियो दिपक रमणले निर्देशन गरेका हुन्। भिडियोमा रुपा न्यौपाने, रुमु न्यौपाने, मीरा पौडेललगायतको नृत्य रहेको छ। 

संचारकर्मी समेत रहेकी न्यौपानेको यस अगाडि पनि भजन र लोकगीत बजारमा आइसकेका छन्। साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ मास्टर महेश्वर राज भण्डारीले गरेका हुन्।

सरोद बाजालाई संगीतप्रेमीमाझ चिनाउने उद्देश्यले फलैंचा संगीत अभियान संचालन गर्दै आएकी न्यौपानेले हिजोआज फेसबुकको लत धेरैमा बसेकाले तीज अवसरमा सान्दर्भिक हुने भएकाले गीत बजारमा ल्याएको बताइन्।

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.