कपिलवस्तुमा ट्रकको ठक्‍करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्‍करबाट पैदलयात्रुको मृत्यु

तौलिहवा : कपिलवस्तुको गोरुसिंगे-तौलिहवा सडकखण्डमा ट्रकको ठक्‍करबाट बिहान एकजना पैदल यात्रुको मृत्यु भएको छ। गोरुसिंगेबाट तौलिहवातर्फ जाँदै गरेको ना. ५ ख. १११ नम्बरको ट्रकले बुद्धभूमि नगरपालिका-१० को जंगलमा ठक्‍कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अन्दाजी ३०/३२ वर्षीयजस्तो देखिने व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। पैदलयात्रुलाई ठक्‍कर दिएपछि ट्रक चालकले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याएको बताइएको छ।

ट्रक चालक वाणगंगा नगरपालिका- ५ मटेरियाका दिनानाथ चौधरी रहेका छन्। चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.