मोदी र राहुलपछि भारतका पूर्वप्रधानमन्त्री देवगौडा पशुपतिमा

मोदी र राहुलपछि भारतका पूर्वप्रधानमन्त्री देवगौडा पशुपतिमा

काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडाले शुक्रबार हिन्दुहहरुका आराध्यदेव पशुपतिनाथमा पुगेर पुजाअर्चना गरेका छन्। धार्मिक भ्रमणका लागि परिवारसहित बिहीबार नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका देवगौडाले शुक्रबार बिहान पशुपतिमा पुगेर पुजा अर्चना गरेका हुन्। 

पत्नी चेन्नाममा देवगौडा र छोरासहित परिवारका १० जना सदस्यसहित उनी काठमाडौँ आइपुगेका थिए । पूर्वप्रम देवगौडासहितलाई बौद्दधस्थित होटेल ह्यातमा राखिएको छ। देवगौडाको परिवारलाई मूलभट्ट गणेश भट्टले वासुकीको विशेष पूजा गराए । त्यसक्रममा देवगौडा परिवारले पशुपतिनाथमा लाखबत्ती पनि बाले । 

पशुपतिमा पूजापछि उनले यहाँका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीको भ्रमणपछि देवगौडा नेपाल आएका हुन् । 

मोदीले पशुपतिनाथ यही भदौ १५ गते पशुपतिनाथमा चौथो पटक दर्शन गरेका थिए । भदौ १५ मै काठमाडौँ आएका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी यहाँबाट मानसरोबर यात्रामा निस्केका थिए । 

दक्षिण भारतका प्रभावशाली राजनीतिज्ञ देवेगौडा शुक्रबार अपरान्ह‍ जेट एयरलाइन्सको उडानबाट भारत फिर्ता हुने भएका छन् । देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतमा प्रधानमन्त्री भएका थिए।

देवगौडा कर्णाटक राज्यका मुख्यमन्त्री पनि भइसकेका छन् । उनकै छोरा एचडी कुमारास्वामी भारतीय राष्ट्रिय कंग्रेसबाट विजयी भएर हाल कर्णाटकमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.