पासाङल्हामू राजमार्ग एक सातादेखि ठप्प

पासाङल्हामू राजमार्ग एक सातादेखि ठप्प

नुवाकोट: काठमाडौँबाट नुवाकोट प्रवेश गर्ने मुख्य सडक पासाङल्हामू मार्ग एक सातादेखि ठप्प छ । सडकमार्गमा ठूलो पहिरो गएका कारण यातायात पुर्णरुपमा सन्चालन हुन सकेका छैनन् । 

सदरमुकाम विदुरदेखि ३२ किलोमिटर पुर्वस्थित पासाङल्हामु सडकमार्गको त्रिशूली–काठमाडाँबीचमा रहेको ककनी गाउँपालिका–४ मा गएको ठुलो पहिरोले यातायात सन्चालनमा अवरोध गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तवहादुर कुंवरले पहिरोले अवरुद्ध भएको सडक मर्मत गरेर सन्चालन हुन अmझै केही दिन लाग्ने बताए ।ठुलो पहिरो गएका कारण पहिरो पुरै पन्छाउन अझै केही दिन लाग्ने कुँवरको भनाइ छ । पहिराले सडकमार्ग बन्द भएपछि नुवाकोटको पुर्वीभेगका हजारौं सर्वसाधारणलाई समस्या परेको छ ।  

सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएपछि पहिरो पुरै पन्छाउन समय लाग्ने भएको छ । त्यस सडकमार्गको स्तरोन्नतिका क्रममा सडकको भित्ता काटिएकाले अविरल पानी परेसँगै ठाउँठाउँमा साना–ठूला पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ ।

 सडक स्तरोन्नतिसमेत ढिला भइरहेको स्थानीयवासीको गुनासो छ । नुवाकोट प्रवेश गर्ने बालाजु–ककनी सडकखण्डको ओखरपौवामा एक सातादेखि बन्द सडक अझै सञ्चालनमा आउन सकेको छैन । 

पासाङल्हामु सडकको ओखरपौवामासमेत सडक भासिएर एक साता अघि बन्द भएको सडक सञ्चालन ल्याउने प्रयास भइरहेको ककनी गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाको पहलमा सडक खुलाउने प्रयास भइरहेको छ । 

अविरल वर्षाको कारण सडक भासिएको हो । बर्खा लागेपछि बालाजु–ककनी– त्रिशूली सडक खण्डको ठाउ ठाउँमा पहिरोको कारण समस्य भईरहेको छ । ओखरपौवामा सडक अबरुद्ध हुदा यातायात ठप्प भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.