ओली सरकारले नै अपराधीलाई पालेको आरोप

ओली सरकारले नै अपराधीलाई पालेको आरोप

भैरहवा :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बढ्दै गइरहेको महिला हिंसाको घटनामा दुईतिहाइबहुमतको सरकारले अपराधीलाई संरक्षण गरेर अपराध बढाउनमा लागेको गरेको आरोप लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकको भातृ महिला संगठनले देशमा बढ्दै गइरहेको बलात्कार, छाउपडी र दाइजो लगायतका महिला हिंसाबारे शुक्रवार ज्ञापन पत्र बुझाउँदै यस्तो आरोप लगाएको हो ।

संगठनले भैरहवामा विरोध ¥यालीसहितको प्रर्दशन गरेको थियो । नगर क्षेत्रमा परिक्रमा गर्दै उनीहरुले सरकारविरुद्ध ‘केपी तिम्रो नाराले दुःख पाए साराले, अत्यधिक कर वृद्धि फिर्ता गर, महिला हिंसा अन्त्य, बलात्कारीलाई कारवाही गर’ लगायत नारा लगाउँदै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै संगठनका अध्यक्ष पद्मा थापाले समाजमा अपराध बढाउन सरकार नै लागेको कारण अपराधीहरुलाई कानुनी कठघरामा नल्याउँदा अपराधीहरुको मनोबल बढ्दै गएको आरोप लगाइन् ।

कन्चनपुरको बलात्कार घटनाको दोषीलाई कारवाही गर्न, पश्चिमाञ्चलमा रहेका छाउपडी गोठ भत्काउन र बोक्सी आरोप लाउनेलाई १४ वर्ष जेल सजाय व्यवस्था गरी कानुनी कारवाही गर्न लगायत माग गरिएको संगठनका जिल्ला सदस्य रमिता थापा मगरले बताइन् । राप्रपा प्रजातान्त्रिक जिल्ला कार्य समितीको समन्वयमा ज्ञापन पत्र बुझाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.