ओलीले देवगौडासँग भने : जलमार्ग, रेलमार्ग र र कृषिमा ठूलो उपलब्धि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्व प्रधानमन्त्री एचडी देवेगौडाबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटका क्रममा देवेगौडाले नेपालले बिम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाई र धन्यवाद दिए ।
देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुईपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताएका छन् ।
‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ’, देवगौडासँग प्रधानमन्त्रीले भने, ‘जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि भएको छ ।