बिरामी दिदीबहिनीलाई दर खुवाउँदै मिस ब्युटिसियन

बिरामी दिदीबहिनीलाई दर खुवाउँदै मिस ब्युटिसियन

काठमाडौं : मिस ब्युटिसियन २०१८ शिलाष्मा मल्लले ललितपुरको एकान्त कुनास्थित नेपाल स्नेही काखमा रहेका दिदीबहिनीलाई तीजको दर खुवाएकी छन्।

मल्लले तीजको अवसर पारेर बुधबार मानसिक सन्तुलन गुमाएका दिदीबहिनीलाई दर खुवाएकी हुन्।

‘छोरीचेलीलाई चाडपर्व प्यारो लाग्छ, अझ बिरामीलाई शान्त र खुसी वातावरण आवश्यकता पर्छ’, दर खुवाएपछि उनले भनिन्, ‘दिदीबहिनीको खुसीका लागि दर खुवाएकी हुँ।’ उनले स्नेहीमा बस्ने सबै दिदीबहिनीलाई सौभाग्यको सामान, लुगा र खाना तीजको उपहारको रुपमा वितरण गरिन्। 

स्नेही काखमा २२ मानसिक सन्तुलन गुमाएका महिलासँगै ६ बालबालिका बस्दै आएका छन्। स्नेही काखमा मल्लले विगतका वर्षमा पनि दर खुवाएकी थिइन्। मल्ल जन्म दिन पनि त्यही मनाउँदै आएकी छन्। जन्मदिनमा उनी केक काट्न त्यही पुग्छिन्। 

मल्ल तीजकै अवसरमा कैलाली जाँदैछिन्। कैलालीको जोशीपुरमा उनले एकल महिलालाई सहयोग गर्ने तयारी गरेकी छिन्।  ‘एकल महिलाले रातो साडी, टीका लगाउनु हुँदैन भन्ने मान्यता छ, त्यही कूरीतिलाई हटाउन त्यहाँ जाँदैछु’,  उनले भनिन्,  ‘३५ एकल महिलालाई रातो साडी र सौभाग्य सामग्री वितरण गरेर काठमाडौं फर्किन्छु ।’ 

मल्ल तीन नानीकी अभिभावक हुन्। उनले अभिभावक बिहीन नानीलाई संरक्षण दिएकी हुन्।  उनले साथमा राखेका नानी एलकेजी, कक्षा पाँच र आठमा पढ्छन्। आठ कक्षा पढ्ने नानीलाई भर्खरै मात्र संरक्षण दिएकी हुन्। 

उनले भविष्यमा सडकमा अलपत्र परेका महिला र केटाकेटीलाई सहयोग लक्ष्य लिएकी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.