जनतालाई चाहिएको विकास हो : मन्त्री विश्वकर्मा
कावासोती : खेलकुदमन्त्री जगत विश्वकर्माले जनताले विकास चाहेको बताएका छन्। बिहीबार नवलपरासीको देवचुली नगरपालिकास्थित सकला देवी माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो बताएका हुन्।
‘जनतालाई पार्टी र नेता चाहिएको होइन’, मन्त्री विश्वकर्माले भने, ‘जनतालाई विका मात्र चाहिएको छ।’ मन्त्री विश्वकर्माले सुशासन, विकाश र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न सरकार लागि परेको बताए।
जागृति बाल तथा युवा सरोकार नेपाल र इण्डिगो चिल्डे«न फण्ड युकेको ५३ लाख रुपैयाँ सहयोग र विद्यालयको ६ लाख २५ हजार ७ सय ७१ रुपैयाँ गरी ५९ लाख २५ हजार ७ सय ७१ रुपैयाँमा भवन निर्माण भएको हो।