गाउँपालिका प्रमुखमाथि भ्रष्टाचारको आरोप

गाउँपालिका प्रमुखमाथि भ्रष्टाचारको आरोप

वीरगन्ज : पर्साको पकाहामैनपुर गाउँपालिकाका उपप्रमुखसहित जनप्रतिनिहरूले गाउँपालिकाका प्रमुखले गरेको भ्रष्टचारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । गाउँपालिका प्रमुख विजय चौरसियाले गत आर्थिक वर्ष ०७४÷७५ को बजेट हिनामिना गरेको उनीहरूको आरोप छ । वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर उपप्रमुख कुश्मीदेवी, वडा नं ४ का अध्यक्ष डेढी यादव, कार्यपालिका सदस्य जाल महम्मद मियाँलगायत जनप्रतिनिधिले गाउँपालिका प्रमुख चौरसिया र प्रमुख प्रशासकीय अधिकृत हीरालाल भुसालले गत आवको २३ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका हुन् ।

पकाहा मैनपुर गाउँपालिकाका प्रमुख र उपप्रमुख दुवै संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन् । पत्रकार सम्मेलनमा उपप्रमुख कुश्मी देवीले कुनै पनि निर्णय प्रक्रियामा आफूलाई गाउँपालिका प्रमुखले सहभागी नगराएको र बहुमतको आडमा आफूखुसी निर्णय गर्दै आएको बताइन् । उनले भनिन्, उपप्रमुखको हिसाबले निर्णय प्रक्रियामा मेरो पनि प्रमुख अधिकार छ, गलत कुराको विरोध गर्दा मेयरजीले मेरो कुरा सुन्नु हुन्न, हरेक निर्णयमा सीधै माइन्युट ल्याएर सही गर्न लगाउनु हुन्छ । सही नगरे बहुमतका आधारमा पास गर्ने धम्की दिनुहुन्छ ।’ चालु आवका लागि गत बुधबार भएको गाउँपरिषद्मा आफू सहभागी भए पनि परिषद्को निर्णय पुस्तिकामा आफूले हस्ताक्षर नगरेको उपप्रमुख कुश्मी देवीले बताइन् । ‘कुनै पनि निर्णयमा मसँग सल्लाह र सहमति गरिएन’, उनले भनिन् , ‘त्यसैले मैले निर्णय पुस्तिकामा हस्तारक्षर गरिन् ।

पत्रकार सम्मेलनमा सहभागी उपप्रमुख देवीसहित जनप्रतिनिधिले गत आव ०७४÷७५ को आय–व्यव विवरण सार्वजनिक गरी पुनः गाउँपरिषद् गर्नुपर्ने तथा चालु आवका लागि गत शुक्रबार गोप्य रूपमा गरिएको गाउँपरिषद् खारेज गरी पुनः परिषद गर्न माग गरेका छन् ।

जनप्रतिनिधिहरूले आफूहरूको माग गाउँपालिका प्रमुखले पूरा नगरे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । अघिल्लो आव ०७३÷७४ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यालय व्यवस्थपनका लागि पठाएको एक करोड नौ लाख बजेटमध्ये गाउँपालिका प्रमुख चौरसियाले हरेक वडा कार्यालयका लागि एक÷एक थान कम्प्युटर र केही फर्निचर खरिदमा ४९ लाख रुपैयाँ मात्र खर्च गरी बाँकी रुपैयाँ हिनामिना गरेको उनीहरूको आरोप छ ।

यस्तै गाउँपालिकामा वाइफाइ जडानका लागि गाउँपरिषद्बाट विनियोजित ३५ लाख रुपैयाँमध्ये २५ लाख निकासा गरी गाउँपालिका प्रमुख चौरसियाले आफ्नै भान्जाको नाममा नयाँ इन्टरनेट कम्पनी दर्ता गरेको पनि जनप्रतिनिधिहरूको आरोप छ । गाउँपालिका प्रमुखले आफ्नो भान्जाका नाममा कम्पनी दर्ता गराएर त्यही संस्थालाई वाइफाइको ठेक्का दिएका उपप्रमुख कुश्मी देवीले बताइन् । स्थानीय निर्वाचनको ११ महिना बित्दा पनि गाउँपालिकामा अहिलेसम्म न्यायिक समिति गठन हुन नसकेको भन्दै न्यायिक समिति गठनका लागि आग्रह गर्दा प्रमुख चौरसियाले त्यसको कुनै आवश्यकता नरहेको बताएका उपप्रमुख कुश्मी देवीले जानकारी दिइन् ।

गाउँपालिका प्रमुख चौरसियाले एकल निर्णय गराई धम्कीसहित उपप्रमुखसमक्ष माइन्युट सही गर्न लगाएका जनप्रतिनिधिको आरोप

प्रमुख चौरसियाले कमिसनको लोभमा ५५ लाख रुपैयाँमा जेसीबी एक्स्काभेटेर र ट्र्याक्टर खरिद गरेका वडा नं ४ का अध्यक्ष ढेडी यादवले आरोप लगाए । उनले भने, ‘गाउँपालिकाको एम्बुलेन्स ग्यारेजमा आठ महिनादेखि थन्क्याइएको छ । त्यसको मर्मतमा चासो छैन, उल्टै कमिसनको लोभमा एक्स्काभेटर र ट्र्याक्टर खरिद गरिएको छ ।’ गाउँपालिकाले गत आवको बजेटबाट असोजदेखि असारसम्म पदाधिकारीको पारि श्रमिक शीर्षकमा १९ लाख, बैठक भत्तामा १५ लाख, पदाधिकारीको अन्य सुविधा तथा भत्तामा नौ लाख, मसलन्द खर्चमा २४ लाख, सवारीसधान भाडा शीर्षकमा १० लाख, पदाधिकारीको इन्धन शीर्षकमा चार लाख र सवारीसाधन मर्मत शीर्षकमा तीन लाख रुपैयाँ खर्च गरेको छ ।

यसैगरी गर्भवती महिलाका लागि सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत गत आवमा १४ लाख ८५ हजार रुपैयाँ बजेटमा पनि व्यापक हिनामिना भएको आरोप गाउँ प्रमुखमाथि लगाइएको छ । गाउँपालिकाले गरेका सबै शीर्षकमा गरिएको खर्चमा प्रमुख प्रशाकीय अधिकृत भुसालको मिलोमतोमा प्रमुख चौरसियाले अनियमितता गरेको उपप्रमुख देवीले बताइन् ।

गाउँपालिका प्रमुख चौरसियाले भने दुवै आर्थिक वर्षको गाउँपरिषद विधि र प्रक्रिया पु¥याएर गरिएको बताए । गाउँपालिकाको बजेट खर्चमा अनियमितता भएको भन्ने आरोप निराधार रहेको भन्दै उनले भने, ‘बजेटबाट गरिएको हरेक खर्च पारदर्शी छ, यदि कसैले खर्चको विवरण माग्छ भने भने म दिन तयार छु । उपप्रमुख कुश्मी देवी इमानदार भए पनि उनलाई केही व्यक्तिले उक्साएर आफ्नो स्वार्थ पूरा गर्न भ्रामक हल्ला फिँजाइएको प्रमुख चौरसियाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.