प्रशासनले रोक लगाएको कार्यक्रममा पुगेका देउवाले भने, ‘सीडीओलाई कारबाही गर्छु’

प्रशासनले रोक लगाएको कार्यक्रममा पुगेका देउवाले भने, ‘सीडीओलाई कारबाही गर्छु’

 बुटवल : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सहभागी हुने कार्यक्रम नगर्न आदेश दिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारबाही गर्ने चेतावनी दिएका छन्।

बुटवलको बुद्धटेलिभिजनको अधिवेशन तथा साधारणसभा उद्घाटनका लागि शनिबार बुटवल आएका देउवाले सीडीओलाई कारबाही गर्ने चेतावनी दिएका हुन। टेलिभिजनका केही शेयर सदस्यले आफूलाई मताधिकार प्रयोगबाट बञ्चित गराएको भन्दै प्रशासनमा उजुरी दिएका थिए। सोही आधारमा शुक्रबार प्रशासनले कार्यक्रम गर्न रोक लगाएको थियो।

प्रशासनले रोक लगाएको कार्यक्रममा बोल्दै देउवाले भने, ‘कुनै नेताको दबाबमा सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने सिडिओलाई कारबाही गरेरै छाड्छौं।’ देउवाले स्वतन्त्र पत्रकारिताको पक्षमा कांग्रेस सधै उभिरहने समेत बताए।

दुई घण्टाको प्रतिक्षापछि सवा दुई मिनेट बोलेका देउवाले पार्टीगत आस्थाभन्दा माथि रहेर पत्रकारिता गर्न उनले आग्रह गरे। लुम्बिनी क्षेत्रमा रहेका सञ्चारमाध्यमले बुद्ध र बुद्ध दर्शनको प्रचार–प्रसार गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै कांग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल हुने दाबी गरे। कतिपय नेताहरु बुटवलबाट राजधानी सार्ने कसरतमा रहेको भन्दै उनले त्यो कुनै हालतमा सम्भावना नहुने बताए।

सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्री शंकर पोखरेलले राजधानी बाहिर लैजाने कसरत गरेको भन्दै त्यो सफल नहुने जिकिर गरे। ‘प्रदेश ५ को राजधानी बुटवलभन्दा बाहिर हुँदैन’, उनले भने, ‘यसमा कसैले कसरत गर्नु आवश्यक छैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.