महिला उद्यमीले उत्पादन गरेका सामानको प्रदर्शनी
काठमाडौं : हरितालिका तीजका अवसरमा राजधानीको जमलमा नेपाली हस्तकला सामग्री तथा परिकारको प्रदर्शनी भएको छ।
एक दिन मात्र दर खाने परम्परा तोड्दै सहर बजारमा एक महिनादेखि नै दरखाने खड्किलो र खर्चिलो तीज मनाउने परम्परा बढ्दै गएका बेला महिला उद्यमीको अगुवाइमा रचनात्मक प्रदर्शनी आयोजना गरिएको हो।
नेपाल वुमन च्याम्बरले आयोजना गरेको मेलाको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाथा थापाले शनिबार उद्घाटन गरिन्। प्रदर्शनीमा नेपाली खाडी, अल्लो र ढाकाबाट उत्पादित कपडा, बाँस तथा निंगालोबाट निर्मित हस्तकलाका सामग्री, ऋंगार सामग्री, ज्वेलरी र नेवारी खानाका विभिन्न परिकारका स्टल थिए।
यस्तै प्रदर्शनीमा जौ र फापरबाट उत्पादित खानेकुरा, अर्गानिक चिया, टिमुर र खुर्सानीका अचार राखिएका थिए। ती सबै महिला उद्यमीबाट सञ्चालित उद्योगका उत्पादन भएको वुमन च्याम्बरकी कार्यकारी समिति सदस्य तथा व्यापार समिति संयोजक लीमा अधिकारीले जानकारी दिइन्।