चीनबाट भित्र्याएको १० किलो सुनसहित गोरखाका दुईजना पक्राउ
गोरखा : तिब्बतको सिमाना कटाएर अबैधरुपमा ल्याइएको १० किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच–पाँच किलो सुन ल्याएर आएका चुमनुब्री गाउँपालिका–७ छेकम्पारका ५८ वर्षीय डुण्डुप लामा र २८ वर्षीय लोप्साङ लामालाई पक्राउ गरिएको प्रहरी चौकी सिर्दिबासका प्रहरी नायव निरीक्षक तुलबहादुर सेन ठकुरीले जानकारी दिए ।
‘यात्रुलाई लाइन लगाएर नियमित चेकजाँच गर्ने क्रममा थियौं’, सई ठकुरीले भने, ‘उनीहरुको शरीर चेकजाँच गर्दा कम्मरमा बाक्लो पेटी जस्तो फेला प¥यो । सोधखोज गर्दा सुनलाई कपडाले बाँधेर ल्याएकाा रहेछन् ।’
बरामद सुन र दुवैजनालाई प्रहरी चौकीमा राखिएको उनले बताए । बरामद सुन रओसारपसारमा संलग्न दुवैजनालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी गरिएको सई ठकुरीले जानकारी दिए ।