लागुऔषसहित पक्राउ

लागुऔषसहित पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागुऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आइतबार बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो।

पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको बताए।आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.