बैतडीका ५० वडा सचिवबिहीन

बैतडीका ५० वडा सचिवबिहीन

बैतडी :  स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भनेजस्तै अनुसारका सेवासुविधा पाउन सकेका छैनन्।  स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित हुँदा स्थानीयले सेवा पाउन सास्ती खेप्नुपरेको छ। बैतडीका ८४ वडामध्ये ५० वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा निकै समस्या भएको छ। 

दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए। वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवा प्रभावित भएका छन् उनले भने, 'वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्' पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये चारवटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

यस्तै मेलौली नगरपालिकाका नौवटा वडामध्ये छ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए। वडामा सचिव नहुँदा नागरिकले चाहेअनुसारको सेवा पाएका छैनन्, उनले भने, 'सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवा सहज तरिकाले पाउन सकेका छैनन्।'

यसैगरी पुर्चौडी नगरपालिकाका-१० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए। उनले भने, 'वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा छन्, यसैगरी पाटन नगरपालिकामा पनि १० वडामध्ये पाँच वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए।

दोगडाकेदार गाउँपालिका-८ वडामध्ये तीन वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह विष्टले जानकारी दिए। यस्तै डिलाशैनी गाउँपालिकामा सात वडामध्ये चारमा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए।

कर्मचारी अभावमा यहाँका स्थानीय तहमा कामकाजमा समस्या भएको र कर्मचारी पठाउन पटकपटक आग्रह गरेको भए पनि हालसम्म पदपूर्ति हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.