कुटपिट गरेर चार वर्षीय बालकको हत्या

कुटपिट गरेर चार वर्षीय बालकको हत्या

 मुगु : छायाँनाथ रारा नगरपालिका–१३ का चार वर्षीय एक बालकको कुटपिटपछि ज्यान गएको छ । उनको उपचारका लागि  नेपालगञ्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । 

छायाँनाथ रारा नगरपालिका–१३ निवासी सर्जन रावलका ४ वर्षीय  छोरा विवेक रावललाई उनकै छिमेकी पदमबहादुर सेजुवालले कुटपिट गरेपछि ज्यान गएको हो । बालकलाई नेपालगञ्ज लैजान ताल्चा विमानस्थलमा पुर्‍याएपछि मृत्यु भएको छ । 

शनिबार दिउँसो १२ बजे आरोपित सेजुवालको नातिनी र मृतक विवेक घर अगाडि खेल्दै गर्दा सेजुवालले आफ्नी नातिनीलाई उचालेर विवेकको पेटमा हानेका थिए । त्यसपछि उनले विवेकमाथि कुटपिट पनि गरेका थिए । 

आइतबार उपचार गर्न नेपालगञ्ज लैजाँदै गर्दा बिहान ८ः४५ बजे ताल्चा विमानस्थलमा छोराको ज्यान गए भन्दै बाबु सर्जनले कर्तब्य ज्यानसम्बन्धी किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएका छन् ।

किटानी जाहेरीपछि सेजुवाललाई आइतबारै प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ । बालकको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.