निजी क्षेत्रको प्रयासमा विस्तार हुँदै ‘रक क्लाइम्बिङ’

निजी क्षेत्रको प्रयासमा विस्तार हुँदै ‘रक क्लाइम्बिङ’

काठमाडौं :  सहासिक पर्यटकको पहिलो रोजाइमा पर्ने ‘रक क्लाइम्बिङ’को विकास गर्न पर्वतारोहण गाइड लागि परेका छन्। पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्‍याउने लक्ष्यले प्रत्येक जिल्लामा रक क्लाइम्बिङको हव बनाउने तयारी गाइडको छ।

सरकारले दुई बर्ष भित्र २० लाख पर्यटक भित्राउने लक्ष्य राखेसँगै सीमित स्थानमा गरिदै आएको रक क्लाइम्बिङ विकास गरी पर्यटकको संख्या थप गर्ने अभियान थालेको नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाले बताए। 

आइतबार पिके एभरेष्ट भ्यू ट्रेकिङ एण्ड एक्सपीडिसनको सहयोगमा पर्यटन बोर्डमा संघले नेपालमा रक क्लाइम्बिङको विकास बिषयमा अन्तरक्रिया गरेको छ।

कार्यक्रममा बोल्दै  संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढाले नेपाल भित्रिने पर्यटकमा खर्च गर्न सक्ने पर्यटक सहासिक क्षेत्रमा आउने भएकाले क्लाइम्बिङको क्षेत्र विस्तार गर्नुपर्ने बताए।

सरकारले  लिएको लक्ष्य पूरा गर्न निजी र दक्षजनशक्तिले सहयोग गर्नु पर्ने उनको भनाइ छ। यसमा सरकारले सहयोग गर्ने प्रतिवद्धता उनले जनाएका छन्। कार्यक्रममा रक क्लाइम्बिङ क्षेत्रको विकास गर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान गरिएको छ।

विदेशी बढी रक क्लाइम्बिङ गर्न रुचाउने गर्छन्, डोरीकै सहायताले पाँच सय मीटरसम्मको अग्लो भीर चडेर फर्केने गर्नाले सक्षमता विकास हुने गर्छ। 

अन्तराष्ट्रिय क्षेत्रमा रकको सट्टा वालमा चढ्ने गरिन्छ। तर नेपालमा प्रशस्तै रक भएकाले पर्यटन विकासमा प्रचुर सम्भावना रहेको राज्यमन्त्री बुढाले बताए। 

विषेश गरी फ्रान्स, अमेरिका, कोरिया, जापान, जर्मन, अष्ट्रियालगायतका देशमा पनि व्यवसायिक रुपमा रक क्लाइम्बिङ हुने गाइडको भनाइ छ।

हाल नेपालमा नगरकोट, बालाजुको नागार्जुन, तनहुँको विमलनगर, ललितपुरको हात्तिवन, सोलुखुम्बुको थामेमा मात्र रक क्लाइम्बिङ हुन्छ।

पर्वतारोहणका लागि आउने पर्यटक हिमाल जानुअघि रक क्लाइम्बिङ गर्ने इच्छा गरे पनि स्थान अभावले गर्न नपाएको पर्यटकको गुनासो छ। पर्यटन क्षेत्रको विकासका लागि प्रत्येक जिल्लामा रक क्लाइम्बिङको स्थान बनाउने पर्ने संघका अध्यक्ष शेर्पाको भनाइ छ।

क्लाइम्बिङले आफूसँग आफै चुनौति दिने भएकाले सफल जीवन बिताउन सहयोग पुग्ने पर्यटन व्यवसायी आङपासाङ शेर्पाको भनाइ छ।

पर्वतारोहणका लागि रक क्लाइम्बिङ पहिलो सर्त हुन्छ। सहरी क्षेत्रमा स्वास्थ्यका दृष्टिले मात्र रक क्लाइम्बिङ गरिन्छ।

रक क्लाइम्बिङको विकासमा सरकारले लगानी नगरे पनि निजी क्षेत्रको प्रयासमा यसको विकास हुँदै आएको छ। पछिल्ला वर्षमा निजी क्षेत्रले क्लाइम्बिङको रुट बनाउँदै आएको छ। 

यस क्षेत्रमा नेपालमा सानासाना प्रयास हुँदै गर्दा दुई बर्षपछि जापानमा हुने ओलम्पीक खेलमा समेत रक क्लाइम्बिङको प्रतियोगिता हुने भएको छ। यसमा नेपाल सहभागी हुने तयारी सुरु भएको छ।
पिके एभरेष्ट भ्यू ट्रेकिङ एण्ड एक्सपीडिसनका प्रमुख आङपासाङ शेर्पालाई सम्मान गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धनबहादुर बुढा। तस्बिर : अन्नपूर्ण 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.