कसरी छान्ने राम्रो किताब ?

कसरी छान्ने राम्रो किताब ?

तपाईं कत्तिको पढ्नुहुन्छ ? किताब कसरी रोज्नुहुन्छ ? किताब छान्न जानिएन भने एकातिर समय बर्बाद भइरहेको हुन्छ भने अर्कोतिर गलत सूचना प्राप्त भइरहेको पनि हुन्छ। सही किताब कसरी छान्ने ? जानौं केही टिप्स ?


विधा छान्नुहोस्

तपाईंलाई कुन विधामा रुचि छ ? साहित्य वा गैरसाहित्य, त्यसमा प्रस्ट हुनुहोस्। त्यसभित्र पनि अनेकौं रोजाइ हुन सक्छन्। त्यसमा प्रस्ट भएपछि सजिलो हुन्छ।

घरमा भएका छान्नुहोस्

तपाईंको रुचिका किताब घरमै थन्किएर बसेका हुन सक्छन्। यसको खोजी गर्नुहोस्। घरमा किताब थुपार्ने अनि किनिरहने बानी राम्रो होइन। नयाँभन्दा घरकै किताब ज्यादा उपयोगी हुन सक्छन्।

समीक्षा, समालोचना पढ्ने बानी गर्नुहोस्

समीक्षा, समालोचना आदि पढ्ने बानीले सही किताब छनोट गर्न सजिलो हुन्छ। पत्रपत्रिकामा छापिने पुस्तक परिचय आदिमा पनि ध्यान पुर्‍याउनु पर्छ।

लाइब्रेरियन र पुस्तक व्यापारीसँग पनि सल्लाह लिनुहोस्

कतिपय लाइब्रेरियन र पुस्तक व्यापारी आफैं राम्रा पाठक हुन्छन्। किताब पढिरहने हुन्छन्। उनीहरूले सही पुस्तक सिफारिस गर्ने सम्भावना धेरै हुन्छ।

पाठकहरूसँग सल्लाह गर्नुहोस्

तपाईंको समीपमा राम्रा पाठकहरू हुन सक्छन्। उनीहरूसँग कुराकानी गर्दा राम्रा पुस्तकको फेला पार्न पनि सकिन्छ।

पुस्तक क्लबमा सामेल हुनुहोस्

पुस्तक क्लबको सदस्य हुन सके बजारमा आएका नयाँ पुस्तकबारे सजिलै थाहा हुन्छ। सही पाठकले यसबारे सचेत हुन जरुरी छ।

प्रविधिमा दक्खल राख्नुहोस्

राम्रो पाठक बन्न आधुनिक प्रविधिमा दक्खल राख्नैपर्छ। आजकल किताब किनेर पढ्नेभन्दा पनि कम्प्युटर, ल्यापटपमै पढ्ने पाठकको संख्या बढेको छ। आफूले खोजेका राम्रा किताबहरू अनलाइनमा पनि पाउन सकिन्छ। यसतर्फ चनाखो हुनुहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.