प्रधानन्यायाधीश मिश्रलार्इ सर्वोच्चमा जोशीको स्वागत

प्रधानन्यायाधीश मिश्रलार्इ सर्वोच्चमा जोशीको स्वागत

 काठमाडौं  : नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मि श्रले न्यायमा जनआस्था बढाउन न्यायाधीशको सम्पत्ति छानबिन र न्यायालयमा बिचौलिया नियन्त्रणलाई प्राथमिकताका साथ उठाएका छन् ।

संसदीय सुनुवाइ समितिद्वारा सोमबार सर्वसम्मत अनुमोदन भएलगत्तै मि श्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भई सपथ ग्रहणसमेत गरे । सुनुवाइका क्रममा मि श्रले न्यायिक कामकारबाहीमा अनियमितता रोक्ने प्रमुख लक्ष्य भएको प्रतिबद्धता व्यक्त गरे । उनले छोटो कार्यकालमा न्यायालयको साख सुधार्ने भनाइ पनि राखे ।

‘प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने मेरो पहिलो काम हुनेछ,’ उनले भने । मि श्रले सबै तहका अदालतका कामकारबाहीमा प्रभावकारी अनुगमन गरी भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यसका लागि समय तालिकासहितको योजना ल्याइने भएको छ ।

‘अदालतमा बिचौलियाका कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिको पहिचान गरी अदालतमा रोक लगाइनेलगायत कानुनी कारवाही अघि बढाइने छ,’ कार्ययोजनामा उल्लेख छ ।

न्यायाधीशको कामकारवाहीको प्रस्ट अभिलेख राखिने प्रतिबद्धतासमेत मि श्रले जनाएका छन् । न्यायाधीशको अनियमितता निगरानीका लागि न्याय परिषद् ऐनमै निगरानी संयन्त्र गठनको व्यवस्था गरिने भएको छ । यसैगरी न्यायाधीशको आचारसंहितामा कडाइका लागि पहल गर्ने तथा न्यायाधीशका उजुरीमा प्रभावकारी छानविन गरिने भनाइ उनले राखेका छन् ।

‘न्यायाधीशको सम्पत्ति विवरण नियमित र अद्यावधिक गरिने छ । कानुनबमोजिम बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कानुनबमोजिम कारबाही गरिनेछ,’ मि श्रको कार्ययोजनामा उल्लेख छ ।

बैंकिङ कसूर, राजश्व, भ्रष्टाचारलगायत अर्थ र वाणिज्य क्षेत्रको विशिष्टिकरण पहिलो प्राथमितामा राख्ने उनको भनाइ थियो । उनले न्यायाधीश नियुक्तिमा समावेशितालाई ध्यान दिइने पनि बताए ।

कार्ययोजनाअनुसार अपराधीबाट एक लाख १२ हजार वर्ष कैद र जरिवाना मात्रै दश अर्ब उठाउन बाँकी रहेको अवस्थामा यस आर्थिक वर्षलाई फैसला कार्यान्वययन वर्षका रूपमा घोषणा गरी असुली अभियान सञ्चालन गरिने भएको छ ।

भदौ १ गतेदेखि लागू भएका संहिता कार्यान्वयनमा उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठनको आवश्यकता मि श्रले औंल्याएका छन् । असहाय र विपन्नका लागि निःशुल्क कानुनी सहयोग गर्न नेपाल बारसँग मिलेर ‘प्रो वोनो लिगल सर्भिस’ उपलब्ध बनाउन आवश्यक कार्य गरिने भएको छ । मुद्दामा हुने खर्च कम गर्न हार्ने पक्षबाट जित्ने पक्षलाई खर्च भराउने प्रणालीको विकास गरिनेसमेत जनाइएको छ ।

‘मुद्दा हार्नेले जित्नेको खर्च बेहोर्नेमा अध्ययन गर्दैछौं’, सुनुवाइमा मि श्रले भने, ‘जबर्जस्ती दुःख दिन मुद्दा नपरून् । मिलापत्र होस् भन्नेमा हाम्रो जोड रहने छ ।’ मि श्रले न्यायपालिकामा जनआस्था अभिवृद्धिका लागि भिन्नै पाँच बुँदे रणनीति पनि सार्वजनिक गरेका छन् । सूचना पद्धतिमा आधारित स्वचालित एवम् वैज्ञानिक मुद्दा व्यवस्थापन पद्धतिको अवलम्बन गरिने भएको छ । यस्तै सर्वोच्चमा मुद्दाको चाप घटाएर न्यायलाई विकेन्द्रित गर्न वैकल्पिक प्रणालीको विकास गरिने भएको छ ।

न्यायपालिकालाई कागजविहीन बनाउन गुरुयोजनाबमोजिम काम गर्ने योजनासमेत ल्याइएको छ । मि श्रले सुनुवाइका क्रममा अदालतमा राजनीतिक प्रभाव महसुस नगरेको बताएका थिए।

राष्ट्रपतिबाट नियुक्ति र सपथपछि मि श्रले सोमबार बेलुका सर्वोच्च अदालतमा पदभार सम्हालेका छन् । पदवहाली अघि उनलाई सर्वोच्चमा स्वागत गरिएको थियो । पदहालीपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मि श्रले सबै न्यायाधीशबीच भाइचाराको सम्बन्ध कायम गर्ने बताए । भ्रष्टाचार नियन्त्रण लागिपर्ने भनाइ पनि उनको थियो ।

‘बिचौलिया देखाइदिनू, म कारवाही गर्छु,’ मि श्रले भने । सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका मि श्रले आउँदो पुस १७ गते अवकाश पाउनेछन् ।

म सर्वोच्चमा फर्किसकेँ, भोलिबाटै मुद्दा हेर्छु : जोशी

संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार गरिए पनि दीपकराज जोशी मंगलबारदेखि न्यायाधीशको हैसियतमा सर्वोच्च अदालतमा फर्किने भएका छन् । उनले सोमबार साँझ सर्वोच्च पुगेर नवनियुक्त प्रधानन्यायाधीश मि श्रलाई स्वागत गर्दै बधाई दिए ।

मि श्रको नियुक्ति र सपथका क्रममा जोशी साँझ राष्ट्रपति कार्यालय पनि पुगेका थिए । ‘हामीबीचमा मनोमालिन्य केही छैन । पुनरावेदन अदालतदेखि नै सँगै काम गर्र्दै आएका हौं,’ जोशीले अन्नपूर्णसँग भने, ‘म आजै (सोमबार) सर्वोच्चमा आएर उहाँ (मि श्र) को स्वागत गरिसकेँ । भोलि (मंगलबार) बाटै काम थाल्छु । नैतिकताको विषयमा राखिएको जिज्ञासामा उनले थपे, ‘विगतकै सहपाठी भएकाले त्यस्तो केही अफ्ठ्यारो पर्दैन । मिलेर न्याय सम्पादन गर्ने कुरो हो, त्यो काम हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.