नाडा मेला आजबाट

नाडा मेला आजबाट

काठमाडौं : अटोमाबाइल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको छ। रिपोटर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए।

अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने उल्लेख गर्दै उपाध्यक्ष दुलालले भने, ‘चार महिनामा हुने कारोबार ६ दिनभित्र हुनेछ। पाँच सय करोडको कारोबार हुने हामीले अनुमान गरेका छौं। ७१ वटा संस्थाको उपस्थितिमा १३५ वटा स्टल रहनेछन्।’ नेपालमा गाडीको संख्या सडक क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठिक नभएको उनको भनाइ थियो।

दुलालले भने, ‘आजका दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ। त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो।’ उनले सडक पूर्वाधार विकासमा लाग्न सरकारलाई सुझाव समेत दिएका छन्। उनले भने, ‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन्। अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन।

सरकारले काठमाडौं उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ। आयात कम गर्नुपर्छ भनिरहेको छ। त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन। आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.