राहत शिक्षकको आन्दोलनले प्रदेश २ का विद्यालय ठप्प
जनकपुरधाम : प्रदेश २ का आठै जिल्लाका सामुदायिक विद्यालय ठप्प भएका छन्। राहत शिक्षक संघर्ष समितिको आह्वानमा प्रदेशका आठ जिल्लाका विद्यालयहरू तीन दिनका लागि ठप्प भएका हुन्।
सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्ने लगायतका माग राखेर विद्यालय बन्द आह्वान गरिएको समितिका महोत्तरी अध्यक्ष राजकिशोर सिंहले बताए।
आफूहरूका माग पूरा गर्न सरकार उदासीन देखिएकोले बाध्य भएर शैक्षिक हडतालमा उत्रेको सिंहले बताए।
विद्यालय ठप्प भएपछि प्रदेश २ का सप्तरी, पर्सा, सर्लाही, बारा, सिराहा, धनुषा, रौतहट र महोत्तरीका जिल्लाका लाखौं विद्यार्थी पढाईबाट वञ्चित भएका छन्।
स्थायी शिक्षकहरूले पनि राहत शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन् ।