‘अतीत कोट्याउनु राम्रो हुन्न’

‘अतीत कोट्याउनु राम्रो हुन्न’

ब्युनस आयर्स : अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाले मेक्सिकन क्लबको प्रशिक्षक पद सम्हालेका छन् । मंगलबारदेखि मेक्सिकोको फुटबल क्लब डोराडस डे सिनालोआको प्रशिक्षक बनेका म्याराडोनाले पत्रकार सम्मेलनमा आफ्नो प्रशिक्षणमा क्लबले लिगसहित थुप्रै उपाधि जित्ने दाबी गरे ।

सञ्चारकर्मीले उनीमाथि यसअघि लाग्दै आएको लागुपदार्थ दुव्र्यसनी र अराजक छविबारे जिज्ञासासमेत राखेका थिए । तर, म्याराडोनाले विगतको कुरा कोट्याउनु कसैका लागि पनि राम्रो नहुने भन्दै जवाफ दिएका थिए । 

‘विगतमा के भयो । के गरियो गौण नै राखौं । मैले जीवनमा धेरै राम्रो काम पनि गरेको छु । मबाट कतिपय गल्ती पनि भए होला । तर, विगत कोट्याउनु राम्रो हुन्न,’ ५७ वर्षीय म्याराडोनाले भने । डोराडस मेक्सिकोको दोस्रो डिभिजनको क्लब हो । म्याराडोना अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य हुन् ।

उनले सन् १९७७ देखि सन् १९९४ सम्म अर्जेन्टिनाका लागि ९१ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । यसैगरी उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । उनले सन् २००८ देखि सन् २०१० सम्म अर्जेन्टिनी टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । पछिल्लोपटक उनले संयुक्त अरब इमिरेट्सको क्लब अल फुजाइरहमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उक्त क्लबसँग उनको सम्झौता गत अप्रिलमा सकिएको थियो । मेक्सिकन क्लब डोराडसले अघिल्लो साता मात्र प्रशिक्षक फ्रान्सिस्को गामेजलाई पदबाट हटाएको थियो ।

गामेजलाई हटाएको एक दिनपछि नै डोराडसले म्याराडोनालाई प्रशिक्षकका रूपमा भित्याउने निर्णय सार्वजनिक गरेको थियो । म्याराडोनाले अर्जेन्टिनोस जुनियर्स, बोका जुनियर्स, स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीलगायतबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । देशका लागि सन् १९८६ मा विश्वकप जितेका म्याराडोनाले सन् २०१० को विश्वकपमा भने अर्जेन्टिनी टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.