वायुसेवा निगमको चीन उडान : अझै पाएन ३ वर्षअघि मागेको अनुमति

वायुसेवा निगमको चीन उडान : अझै पाएन ३ वर्षअघि मागेको अनुमति

काठमाडौं : नेपाल वायुसेवा निगमले तीन वर्ष अघि मागेको चीन उडान अनुमति अझै पाएको छैन। निगमले हाल उडानमा प्रयोग गरिरहेको एयरबसको ए ३२०–२०० सिरिजको न्यारोबडी ल्याएपछि अनुमति मागेको थियो। चीनमा वायुसेवा निगमले उडान गर्ने विषयमा पटकपटक कूटनीतिक तवरबाट भएको प्रयास सफल हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए। उनले मंगलबार भने, ‘हामीले चीनसँग सातमध्ये एक÷दुईवटा मात्रै भए पनि उडान अनुमति मागेको छौं तर कुनैमा पनि पाइएको छैन।’

चीनका विमानस्थल धेरै व्यस्त हुने भएकाले चाहेकै समयमा अनुमति नपाइएको जानकारी पनि अधिकारीले दिए। उनका अनुसार अझै १० महिनादेखि एक वर्षसम्मको समय चीनमा उडानका लागि पर्खनुपर्ने भएको छ। यो समयसम्म उडान अनुमति पाउने र चीनमा नेपालबाट सीधा उडान हुनेछ। त्यतिन्जेलसम्म अहिले भएको अन्य देशमा उडान गर्ने र आवश्यकता अनुसारको गन्तव्य विस्तार गर्दै जाने जानकारी मन्त्री अधिकारीले दिए।

मन्त्री अधिकारीका अनुसार चीनको ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, छेन्दु र सियानमा उडान अनुमति मागिएको छ। यसमध्ये चीनले छेन्दुमा सबैभन्दा पहिले उडान गर्न दिने विषयमा पनि छलफल भइरहेको छ। छलफल गर्दै जाँदा र स्लट खाली भएको अवस्थामा अन्य गन्तव्यमा विमानस्थलमा पनि अनुमति पाउन सकिने उनको भनाइ छ।

मन्त्री अधिकारीका अनुसार यही भदौ तेस्रो साता पर्यटन प्रवद्र्धनका क्रममा चीनको लेसान पुग्दा त्यहाँबाट नेपाल उडान गर्ने र नेपालले त्यस क्षेत्रमा पनि अनुमति माग्ने विषयमा कुराकानी भएको छ। यो सहरमा र बेइजिङमा नयाँ विमानस्थल निर्माण भइरहेको उक्त दुई विमानस्थल निर्माण सम्पन्न भएपछि सीधै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने जानकारी पनि चिनियाँ पक्षले दिएको मन्त्री अधिकारीले बताए।

चीनसँग नेपालले सन् २००२ मा भएको दुई पक्षीय हवाई सेवा सम्झौता पुनरवालेकनपछि सातामा १४ उडान गर्ने सहमति भएको थियो। यो सहमतिलाई पनि बढाएर हाल सातामा ७० वटा उडानसम्म पुगिसकेको छ। चीनसँग भएको सम्झौताअनुसार दुवै मुलुकले बराबर उडान गर्न पाउने र सम्झौतामा उल्लेख भएअनुसार सातवटै गन्तव्यमा जान सक्ने व्यवस्था छ। तर, निगमले हाल एउटा पनि गन्तव्य नपाएको वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए।

उनले भने,‘ तीन वर्षअिघि ग्वान्झाउको लागि मागिएको अनुमति अझै कहिले पाइन्छ थाहा छैन। उनका अनुसार चीनको यो गन्तव्य संसारको व्यस्त विमानस्थलमा पर्ने र अन्य मुलुकले पनि ४÷५ वर्षदेखि उडान अनुमति पर्खने गरेको जानकारी दिए। निगमले सांघाईमा पनि औपचारिक प्रस्ताव गरिसकेको छ। छेन्दु र कुन्मिङमा पनि प्रस्ताव गर्न आवश्यक डकुमेन्ट तयार गरिरहेको जानकारी पनि कंसाकारले दिए।

चीनका विमानस्थल धेरै व्यस्त हुने भएकाले चाहेकै समयमा अनुमति नपाइएको हो।

चीनको ग्वान्झाउमा यस अघि निगमले उडान गरेको भए पनि हाल स्लट नपाएरै जान नसकेको बताएको छ। चीनबाट भने हाल नेपालमा एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान र तिब्बत एयरलाइन्सले उडान गरिरहेका छन्। नेपालको पर्यटनको प्रमुख गन्तव्य चीन भएकाले यो मुलुकमा जाने नेपाली वायुसेवाको सीधा उडान जरुरी छ। निमगले पनि करिब एक दशक अगाडिसम्म काठमाडौं चीनको सांघाई हुँदै ओशाकासम्म उडान गर्ने गरेको थियो। चीनले नेपाललाई त्यतिबेला पाँचौ ट्राफिक स्वतन्त्रताको अधिकार (फिफ्थ फ्रिडम)सहितको उडान अनुमति दिएको थियो। हाल निगमसँग एउटा मात्रै रहेको बोइङ १९० सिट क्षमताको ७५७ ले चीन हुँदै जापानसम्म उडान गथ्र्यो। निमगको जहाज संख्या घट्दै गएको र नयाँ थप नहुँदा यसको अन्तर्राष्ट्रिय उडान गन्तव्य घट्दै गएको हो। हाल निगमसँग एयरबसकै दुईवटा वाइडबडी दुईवटा न्यारोबडी र एक बोइङ छन्। पछिल्लो समय जहाज थप भए पनि पुनः निगमले चीन उडान गर्न खोेजेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.