दरमा खाएको दूषित पानीकै कारण पाँच सयभन्दा बढी बिरामी

दरमा खाएको दूषित पानीकै कारण पाँच सयभन्दा बढी बिरामी

बनेपा : दूषित पानीको प्रयोगले काभ्रेका पाँच सयभन्दा बढी मानिस अस्पताल भर्ना भएका छन्। पाँचखाल नगरपालिका १२ स्थित ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले गत शुक्रबार आयोजना गरेको तीज कार्यक्रममा भोज खाएर बिरामी परेका अधिकांशले दूषित पानीको सेवन गरेको शिर मेमोरियल अस्पतालका प्रमुख चिकित्सक डा. एन्जला बस्नेतले बताइन्।

‘सबै बिरामीको दिशा, पिसाब, खकार जाँच गर्दा पानीको कारण हुने दिशामा पाइने किटाणु साल्मोनेला फेला परेको छ’, बस्नेतले भनिन्, ‘अस्पतालमा आएका ९७ जना बिरामीको दिशा जाँच गर्दा पानीमार्फत् हुने किटाणु ‘साल्मोनेला’ फेला पर्‍यो।’ भोज खाँदा झन्डै ६ सयमध्ये पाँच सयजना बिरामी भई धुखिलेल, बनेपा र काठमाडौंका विभिन्न अस्पतालमा भर्ना भएका थिए।

 झाडापखला, पेट दुख्ने समस्याले बिरामी अझै अस्पताल आउने क्रम जारी रहेको शिर मेमोरियल अस्पताल प्रशासनका प्रमुख सुन्दर थापाले जानकारी दिए। ‘सोमबार र मंगलबार पनि एक पटक उपचार गरेर फर्किसकेका सोही ठाउँका पाँच बिरामी पेट दुख्ने समस्याका कारण भर्ना भएका छन्’, उनले भने। बिरामीले भोजमा पुलाउ, केराउ आलुको अचार, पनीर र पानी खाएका थिए।

सयौंको संख्यामा बिरामी भएलगत्तै स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले संकलन गरेको नमूना सामाग्रीको परीक्षण भइरहेको पनि डा. समिर अधिकारीले बताए। ‘हामीले भोजमा प्रयोग भएका खाद्य सामाग्री, पानी र नमूना सामग्रीको परीक्षण र अनुसन्धान गरिहेका छौं, केही दिनमै रिपोर्ट पनि सार्वजनिक गर्छौं।’ दर खाएर बिरामी भएका अधिकांश अझै पनि अस्वस्थ्य रहेको स्थानीयवासी बताउँछन्। 

जिल्लाका विभिन्न अस्पतालमा अझै एक सयभन्दा बढी बिरामी भर्ना भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बिरामी परेका पाँचखाल नगरपालिका ७, ८, ९, १०, ११, १२ र १३ वडाका होक्से, खरेलथोक, बालुवा, कोशीदेखा लगायतका क्षेत्रमा प्रहरीले सेवा प्रदान गरिरहेको छ।

भोजमा सहभागी भएकी सांसद गोमा भूर्तेल पनि डिस्चार्ज भएकी छन्। चार दिन अस्पताल बसेकी उनी उक्त कार्यक्रमको प्रमुख अतिथि थिइन्। विपद्लाई गलत अर्थमा नबुझ्न र दरकै बदनाम नगर्न उनले आग्रह गरिन्। ‘हामी दर खाएर होइन, फोहोर पानीको प्रयोगले बिरामी भएका हौं’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.