बेगनास तालमा रेस्क्यु टावर राख्न माग

बेगनास तालमा रेस्क्यु टावर राख्न माग

पोखरा : बेगनास तालमा डुंगा डुब्दा गत शनिबार ८ जनाको ज्यान गयो। २ जना महिलालाई स्थानीयले डुंगा खियाउँदै घटनास्थल पुगेर उद्धार गर्न सफल भए। रेस्क्यु गर्ने सुविधा सम्पन्न फेवातालको जस्तै मोटरबोट र रेस्क्यु टावर भएको भए सबैको ज्यान बच्न सक्ने स्थानीयको भनाइ छ।

डुंगा डुबेपछि गुहार मागेको आवाज सुनेपछि डुंगा खियाउँदै आमा छोरा भएर दुई जनाको ज्यान बचाएको स्थानीय दिलकुमारी जलारीले बताइन्। घट्नास्थल पुग्न केही मिनेट बाँकी छँदासम्म डुंगामा सवार दश जना यत्रतत्र पानीमा छटपटाइरहेको देखे पनि घटनास्थल पुग्दा दुई जना मात्र जिवित देखेको उनले सुनाइन्।

‘हामी आमा, छोरा (राजकुमार) घट्नास्थल सम्म पुग्दा ४ जना मात्र उत्रेकोमा दुई जना घोप्टो परेको देख्यौ’, उनले भनिन्। सास रहेका दुई जनालाई हामीले बेलैमा रेस्क्यु गरेर बचाउन सफल भएको उनले सुनाइन्। बेगनास ताल पारी आफन्तकोमा दर खान गएका दश जनामध्ये ८ जनाको डुंगा डुब्दा समयमै रेस्क्यु हुन नसक्दा मृत्यु भएको हो। दुर्घटना भएको खबर पाएपछि सुरक्षाकर्मी पोखराको फेवातालबाट मोटरबोट लिएर उद्धार गर्न बेगनास ताल पुगेका थिए। त्यति बेलासम्म जिउँदै उद्धार गर्न ढिलाइ भइसकेको थियो।

बेलैमा उद्धार गर्न तालमा कतै केही भएको छ कि भनि चियाउने रेस्क्यु टावर र दुर्घटना भएपछि उद्धार गर्न दौडने मोटरबोट जस्ता साधन भएको भए सबैलाई बचाउन सकिने स्थानीय दिलकुमारी जलारीले बताइन्। २०६८ वैशाख ५ गते बेगनास तालमा डुंगा दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो। त्यति बेला तालमा माछा मार्न गएका तीन महिला चट्याङ लागेर तालमा खसेर ज्यान गुमाएका थिए।

२०६९ चैत २१ गते बेगनास तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो। बेला बेलामा हुने यस्ता घटनाबाट मानवीय क्षति हुनबाट जोगाउन स्थानीयले फेवातालमा जस्तै बेगनास तालमा पनि रेस्क्यु टावर र मोटरबोट राख्न माग गरेका हुन्। पोखराको दोस्रो ठूलो बेगतास तालमा दैनिक दुई सयको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटक पुग्ने भएपनि तालमा डुंगा सयर गर्नेको सुरक्षाका लागि मोटरबोट र सुरक्षाकर्मी सहितको रेस्क्युटावर नहुँदा दुर्घटना बढेको होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले बताए। मानिसको चाप बढी हुने तालमा दुर्घटना जति बेला पनि हुन सक्ने भएकोले स्थानीय सरकारले स्थानीय, पर्यटक र सबैको सुरक्षाका लागि छिटोभन्दा पहिलो चरणमा छिट्टै रेक्स्यु टोली सहितका सुरक्षाकर्मी रमोटरबोटको व्यवस्था गर्नुपर्ने उनले बताए।

हावाहुरी आउँदा तालवरपर कही मानिस आपत विपतमा परेका छन की भन्ने हेर्न फेवातालमा जस्तै रेस्क्यु टावरको पनि व्यवस्था गर्नुपर्ने उनले बताए। बेगनासताल किनारका स्थानीयले आफ्नो निजी डुंगा चलाउँदा पनि अनिवार्य रुपमा लाइफ जकेट लगाउने नियम कडा रुपमा लागु गरिनु पर्ने पनि उनले बताए। लाइफ जकेट लगाउँदा रेस्क्यु टोली अलि ढिलो पुग्दा पनि मानिसको ज्यान बच्न सक्ने उनले सुनाए। फेवातालमा जस्तै बेगनास तालमा पनि डुंगा व्यवसायीले सञ्चालन गर्ने डुंगामा सयर गर्ने पर्यटकलाई अनिवार्य रुपमा जकेट लगाउनु पर्ने व्यवस्था छ।

सरकार, स्थानीय संघ, संस्थाले फेवातालमा जस्तै बेगनास तालमा पनि रेस्क्यु टावर र मोटरबोटको व्यवस्था गरे नियमित रुपमा बस्ने गरी अनुभवि नेपाल प्रहरीको रेस्क्यु टोलीको व्यवस्था गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले बताए। गत शनिबार भएको डुंगा दुर्घटनामा परेकासँग लाइफ ज्याकेट भएको भए सबै जनाको ज्यान बच्न सक्ने पनि उनले बताए। ताल किनार वरपर बस्ने जोजो सँग डुंगा छ सबैले तालमा सयर गर्दा अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनु पर्ने उनले सुझाए।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.