नेपाली यू-१९ क्रिकेट टोली 'इन्डिया बी'सँग ४० रनले पराजित

नेपाली यू-१९ क्रिकेट टोली 'इन्डिया बी'सँग ४० रनले पराजित

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न गएको नेपालको यू-१९ टोली पहिलो खेलमा पराजित भएको छ । बुधबार भारतको राष्ट्रिय एकेडेमी टोली ‘इन्डिया यू-१९ बी'सँग प्रतिस्पर्धा गरेको  नेपालको यू-१९ टोली  ४० रनले  पराजित भएको हो । 

एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको ‘इन्डिया यू-१९ बी'ले ४९ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो । १६२ रनको विजय लक्ष्य पाएको नेपाल ४३.३ ओभरमा अलआउट हुँदै १२१ रनमै समेटियो । 

सिनियर टोलीमा जस्तै यू-१९ टोलीमा ब्याटिङको समस्याकै कारण नेपाल हार व्यहोर्न बाध्य भयो । नेपालका प्रारम्भिक ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभिलियन फर्किए । 

३९.१ ओभरमा १०९ रन बनाउँदा ९ औं विकेट गुमाएको नेपालका लागि मलसिंह ऐरीले केही आशा देखाए पनि ४४ औं ओभरको तेस्रो बलमा उनी क्याच आउट भए ।  

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३० रन बनाए । कप्तानसमेत रहेका मोहमद आशिफ शेखले १७, कमलसिंह ऐरीले २२ र पवन सर्राफले १२ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

‘इन्डिया यू-१९ बी' लाई १६१ रनमा रोक्ने क्रममा कमलसिंह ऐरीलेले ३ र पवन सर्राफले २ विकेट लिए । किशोर महतो, सम्सद आलम र सागर ढकालले १-१ विकेट लिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.