कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

महेन्द्रनगर : कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । महाकाली नगरपालिकाकी १० वर्षीया बालिका मंगलबार साँझ बलात्कारको शिकार भएकी हुन् । उनलाई स्थानीय ४० वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले साँझ बालिकालाई ४० वर्षीय युवकले बलात्कार गरेको जानकारी दिएका छन् ।

धानबारीमा लगेर बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बालिकाले घरपरिवारलाई जानकारी गराएपछि तत्काल अभिभावकहरुले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी तत्कालै घटनास्थलमा पुगेपछि चारैतिरबाट घेरा हालेर अभियुक्तलाई धानबारीबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । 

इलाका प्रहरी कार्यालयदेखि करिब ३ किलोमिटरको दुरीमा बालिका बलात्कारको शिकार भएकी हुन् । पक्राउ पर्नेमा महाकाली नगरपालिकाका ४० वर्षीय आइते सुनार रहेका छन् । 

धामीझाँक्री लगायतका काम गर्ने ती युवक पहिलेदेखि नै अन्य अपराधिक घटनामा समेत जोडिएको खुल्न आएको प्रहरीले जनाएको छ । ‘बालिकालाई राति नै महाकाली अञ्चल अस्पताल ल्याएर स्वास्थ्य चेकजाँच गराईएको छ’, प्रहरी निरीक्षक चन्दले भने, ‘स्वास्थ्य जाँचपछि परिवारको जिम्मा लगाइएको छ ।’ 

पक्राउ परेका युवकलाई करणी कसुरसम्बन्धी मुद्दा दायर गरेर अदालतबाट १० दिन म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । कञ्चनपुरमा दिनदिनै बलात्कारका घटना हुन थालेपछि सरोकारवाला चिन्तित बनेका छन् । 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.