पहिरोमा दुईको मृत्यु, चार बेपत्ता

पहिरोमा दुईको मृत्यु, चार बेपत्ता

 बेंसीसहर : लमजुङमा पहिरोमा परेर बुधबार दुई जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ खुदीको पल्लोटारीमा खसेको पहिरोमा ६० बर्से अतिरूपा थापा र १० बर्से सिरक थापाको ज्यान गएको हो ।

अतिरूपा र सिरक हजुरआमा र नातिनी हुन् । पहिरो चलेपछि बँच्न घरबाट भाग्दै गर्दा उनीहरू पहिरोमा परेका थिए । पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी स्थानीय खुदी स्वास्थ्य चौकीमा पुर्‍याएपछि मृत्यु भएको थियो ।

बुधबार दिउँसै मस्र्याङ्दीमा आएको बाढीमा २ जना बेपत्ता भएका छन् । बेंसीसहर–१० चितीमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाको पावरहाउसमा काम गर्दै गरेका बर्दिया ठाकुरद्वारा नगरपालिकाका बलराम चौधरी र लक्ष्मण थारु मस्र्याङ्दीको बाढीले लगेको हो । मस्र्याङ्दी ठूलो रहेकाले खोजबिन कठिन भएको प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

बुधबारै उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेबेंसीमा गएको पहिरोमा २ जना बेपत्ता भएका छन् । अर्खलेबेंसीमा बाढीले तीनवटा घर बगाएको छ । स्थानीय जगत गुरुङका अनुसार ललितमाया गुरुङ र नाम नखुलेका अर्को एकजना वृद्धलाई पहिरोले बगाएको हो ।

‘दुई जना बगाएको र अन्य घाइते भएको रिपोर्ट आएको छ’, प्रनाउ ढकालले भने, ‘बाटोभरि पहिरो चलेकाले हाम्रो टोली पुग्न सकेको छैन् ।’ उनका अनुसार बेंसीसहरबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारी, खुदीबाट सई अर्जुन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

बेसीसहर–चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगेलगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको स्थानीयले बताएका छन् । पहिरो र खहरे खोला उर्लंदा बीचबीचमा पर्यटक तथा स्थानीय अलपत्र परेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–४ का अध्यक्ष सुमन गुरुङले राबजारमा तीनवटा घर बाढीले बगाएको बताए । मस्र्याङ्दी गाउँपालिकामा ६, बाहुनडाँडामा ३ वटा घर पहिरोले बगाएको छ । वडाध्यक्ष लीलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए ।

बेसीसहर–चामे सडक खण्डको काप्रेभीरमा एउटा जिप पहिरोले पुरेको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बाढीपहिरो गएको ठाउँमा प्रहरी परिचालन गरिएको बताए ।

मस्र्याङ्दीमा पानीको बहाव बढेपछि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ र ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाले बाँधको ३ वटै ढोका खोलेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.