भुजुङ गाउँबासीले बनाए छुट्टै कानुन

भुजुङ गाउँबासीले बनाए छुट्टै कानुन

बेसीशहर : देशमा नयाँ संहिता लागू भएको छ। तर यहाँको ग्रामीण पर्यटकीय भुजुङ गाउँबासीले भने छुट्टै कानुन बनाएका छन्। भुजुङ गाउँबासीले चार दिन लगाएर कानुन बनाएका हुन्।

शुक्रबार सुरु भई सोमबार सकिएको सभाले गाउँमा नयाँ कानुन बनाएको रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले बताए। उनका अनुसार यो कानुन एक वर्षसम्म मान्य हुनेछ र अर्को वर्ष भदौमा पुनः सभा आयोगना गरिनेछ। भदौ सभाले गाउँघरमा प्रयोग गरिने मानापाथी, सेरधानी तथा दैनिक ज्यालादारीको मूल्य तोक्नुको साथै गाउँमा नयाँ नियम बनाएको हो।

क्व्होलासोंथर गाउँपालिका–४, भुजुङमा सदियौंदेखि ‘भदौसभा ’ बस्ने गरेको छ। रीतिथिति व्यवस्थापन समितिको आह्वानमा बस्ने भदौसभाले वर्षभरिको नीति–नियम बनाउँछ । समिति अध्यक्ष कालबहादुर गुरुङका अनुसार सभामा बनाइएको नीति–नियम गाउँलेले वर्षभरि मान्नुपर्छ । कुनै नियम परिवर्तन गर्नुपरे गाउँका चिवा (ठूलाबडा) जम्मा भएर संशोधन गर्ने चलन छ ।

स्थानीय समाजसेवी नारायणबहादुर गुरुङका अनुसार सभामा प्रत्येक घरबाट घरमुली अनिवार्य उपस्थित हुनुपर्छ । ‘भदौसभा ऐतिहासिक परम्परा र गाउँलेको आन्तरिक मामिला हो’, उनले भने। आफूहरू देशको कानुन मान्ने र गाउँको कानुन प्रयोग गर्ने उनको भनाइ छ। गाउँमा प्रवेश गरेपछि स्थानीय नियम मान्न सबैलाई बाध्यकारी बनाइएको उनले बताए।

भदौसभाले बस्तुभाउ, अन्न, ज्याला आदि तोकेको छ। गाउँमा उत्पादित तथा आयातित बस्तुको मुल्य सभाबाटै तोक्ने गरिएको छ। सभाको निर्णय कार्यान्वयन नगर्नेलाई जरिवनासमेत लिइने समिति अध्यक्ष कालबहादुर गुरुङले बताए। भदौसभाको निर्णय मान्न गाउँ सबैले कसम खाने चलन छ। गाउँका ४ सय बढीले तामाको ताउलो र खुकुरीको धार समाएर कसम खाने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.