जाहेरी दिन मान्दैनन् पीडित

जाहेरी दिन मान्दैनन् पीडित

कालिकोट : जिल्ला प्रहरी कार्यालय कालिकोटमा आउने अधिकांश मुद्दामा जाहेरी दिन पीडितले नै नमान्ने गरेका छन् । सुरुमा न्याय माग्न ठाडो निवेदन दिनुपर्ने र पछि पीडित नै पीडकसँग आर्थिक लेनदेनको कुरा मिलेपछि बयान फेर्न जाहेरी नै दिनका लागि नमान्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले चालु आर्थिक वर्षको दुई महिनामै १७ वटा मुद्दा दर्ता गरेको छ । प्रहरी कार्यालयले भदौमा मात्र १४ वटा मुद्दा दर्ता गरेको छ । कार्यालयको तथ्यांकअनुसार विगत दुई आर्थिक वर्षमा जम्मा १ सय ५१ वटा मात्र मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७३∕७४ मा ६२ र आव ०७४/७५ मा ४९ वटा मुद्दा दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको दुई महिनामा मात्र १७ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले साउन २४ गते जिल्लामा हाजिर भएयता मात्र १५ वटा मुद्दा दर्ता गरेको बताए । उनले चालु आर्थिक वर्षको साउन र भदौमा १७ वटा मुद्दा दर्ता भएको बताए । उनका अनुसार कार्यालयका दर्ता भएकामा जबर्जस्ती करणीमा ७, कर्तव्य ज्यानमा २, सार्वजनिक ३, बहुविवाह ३ र हात्महत्याका २ वटा मुद्दा छन् । उनले ती मुद्दा दर्ता गर्दा पीडितको जाहेर लिन प्रहरीले निकै सास्ती खेप्नुपरेको बताए । उनले भने, ‘यहाँ त सबै मुद्दा लेनदेनमै मिलाउन पीडितबाटै दबाब आउने रहेछ । ठाडो निवेदन दिने, प्रहरी कार्यालयभन्दा बाहिर छलफल गरेर आर्थिक लेनदेनको सहमति भएपछि सहमति कागज गरिदिन पीडित पक्षले नै प्रहरीमा आग्रह गर्छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.