तीन नयाँ आईफोन : मूल्य कति ? यस्ता छन् विशेषता

तीन नयाँ आईफोन : मूल्य कति ? यस्ता छन् विशेषता

सान फ्रान्सिस्को : विश्वचर्चित प्रविधि कम्पनी एप्पलले बुधवार आफ्नो वार्षिक लन्चिङ्ग इभेन्टमा पहिलो पटक ड्युअल सिमवाला आईफोन लन्च गरेको छ। कम्पनीले यो फिचर केबल आईफोन एक्सएस र एक्सएस म्याक्समा उपलब्ध गराएको छ। अर्कातिर तेस्रो आईफोन एक्सआरले भने सिंगल सिमलाई मात्रै सपोर्ट गर्नेछ । 

विश्व नम्बर १ को स्मार्टफोन आईफोन

एप्पलका सीईओ टिम कुकले आईफोन एक्सआर, एक्सएस र एक्सएस म्याक्स एकसाथ लन्च गरेका हुन्। उनले आईफोन विश्वको नम्बर १ स्मार्टफोन भएको पनि बताए । यसबाट ग्राहक ९८ प्रतिशत सन्तुष्ट रहेको उनको भनाइ छ । 

कुकले आईफोन एक्सएस (टेन एस) लाई अहिलेसम्मकै सबैभन्दा सुन्दर आईफोन भनेका छन् । यो ५.८ इन्चको रेटिना डिस्प्लेसँगै गोल्ड, सिल्भर र ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यसको ग्लास पनि अन्य स्मार्टफोन भन्दा धेरै टिकाउ हुने बताइएको छ। 

एक्सएस म्याक्स सबैभन्दा ठूलो आईफोन 

एप्पलका सीईओका अनुसार एक्सएस म्याक्स ६.५ इन्चको रेटिना डिस्प्ले भएको अहिलेसम्मकै सबैभन्दा ठुलो आईफोन हो । यसमा कुनै पनि स्मार्टफोनको तुलनामा सबैभन्दा सुरक्षित फेस आईडी डिटेक्न हुनेछ ।

नयाँ एक्सएस र एक्सएस म्याक्स आईफोन न्युरल इन्जिन, ४-कोर जीपीयू र ६-कोर सीपीयूमा आधारित हुनेछ । जुन पहिलेको भन्दा धेरै छिटो काम गर्ने क्षमता राख्छ र थोरै इनर्जी पनि खपत गर्नेछ । यीनमा ५१२ जीबीको अधिकतम स्टोरेज हुनेछ । अर्थात् तपाईँले दुई लाख फोटो सेभ गर्न सक्नुहुनेछ । 

आईफोन एक्सआर होम बटन छैन 

एप्पललले तेस्रो नयाँ फोन आईफोन एक्सआर (१० आर) पनि लन्च गरेको छ। यसमा ६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ । यो डस्ट और लिक्विडबाट सुरक्षित हुनेछ । आईफोन एक्सआरमा होम बटन हुनेछैन । यसलाई चलाउनका लागि हेप्टिक टच नामको नयाँ फिचर हुनेछ । यसमा सिंगल रियर क्यामरा राखिएको छ। एक्सआरमा एडभान्स बोकेह टेक्नोलोजीका साथ १२ एमपीको सिंगल क्यामरा हुनेछ । यसको ब्याट्री लाइफ डेढ घण्टा भन्दा धेरै हुनेछ ।

कति छ त मूल्य ?

एप्पलले आईफोन एक्सआर म्याक्सको मूल्य १०९९ डलर (करिब एक लाख २८ हजार रुपैयाँ), आईफोन एक्सएस ९९९ डलर (करिब एक लाख १५ हजार), आईफोन एक्सआर ७४९ डलर (करिब ८७ हजार) राखेको छ। 

तीनै आईफोनको बिक्री २८ सेप्टेम्बरमा भारतसहितका २१ देशमा हुनेछ । एप्पलले आईफोन ७ र आईफोन ८ को मूल्य पनि घटाएको छ । यिनको नयाँ मूल्य क्रमश: ४४९ डलर (करिब ५२ हजार) र ५५९ डलर (करिब ६५ हजार) राखेको छ। 

एप्पल वाचको चौथो सिरिजमा ठुलो परिवर्तन गर्दै कम्पनीले नयाँ हेल्थ फिचर थपेको छ। यसबाट केबल ३० सेकेन्डमै ईसीजी लिन सकिन्छ । विश्वका १६ देशमा १४ सेप्टेम्बरमा एप्पल वाचको बिक्री सुरू हुनेछ । यो सूचीमा दक्षिण एसियाली कुनै पनि देश परेका छैनन् । यी तीन नयाँ आईफोन सेप्टेम्बर अन्तिमसम्ममा दक्षिण एसियाकासहित अन्य २१ देशमा उपलब्ध हुनेछन् । 

विश्वमा दुई अर्ब आईओएस डिभाइस

एप्पलका सीईओ टिम कुकले यस कार्यक्रममा की नोटको सुरुवात पनि गरेका छन् । उनका अनुसार यस समय विश्वमा २ अर्ब आईओएस डिभाइस छन् । जसले मानिसको जिउने तरिका नै फेरिदिएका छन् । 

उनले फायर, वाटर र वेपर फेस डिस्प्लेका साथ एप्पल वाचका तीन सुन्दर संस्करण पनि पेश गरेका छन् । वाचको डिजिटल क्राउन पुरै रि-डिजाइन गरिएको छ। स्पिकर पहिले भन्दा ५० प्रतिशत धेरै ठुलो सुनिने बनाइएको छ । फोन कल अझै राम्रो सुनियो भन्नका लागि यसो गरिएको कम्पनीले जनाएको छ ।

मुटुको चाल तथा ईसीजी पनि लिनेछ 

नयाँ एप्पल वाच लगाउनेको मोशन पनि डिटेक्ट गर्नेछ। आपततकालिन या दुर्घटनाको अवस्थामा तपाईँले आफ्ना नातेदार या साथी भाइलाई यसले म्यासेज पनि पठाउनेछ । 

सिरिज-३ भन्दा यसमा ३५ प्रतिशत ठुलो डिस्प्ले दिइएको छ। अर्कातिर यसको कार्यक्षमतालाई पनि दुई गुणा बढाइएको छ। यस पटक एप्पल वाचमा मुटुको चालको मापनका साथै ईसीजी फिचर पनि दिइएको छ। यसको सहयोगमा जहाँसुकै केबल ३० सेकेन्डमै मुटुको ईसीजी लिन सकिनेछ । ईसीजीको रिपोर्ट यसको डिस्प्लेमै हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.