चित्रबहादुर केसीको ब्यङ्ग्य : रेमिट्यान्सले मात्रै संघीयता चल्दैन

चित्रबहादुर केसीको ब्यङ्ग्य : रेमिट्यान्सले मात्रै संघीयता चल्दैन

धनगढी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रेमिट्यान्सले संघीयता चल्न नसक्ने बताएका छन । ‘खाडीमा गएका नागरिकहरुले मुलुक सञ्चालन भएको छ’  बिहीबार धनगढीमा पार्टीका  नेता मनोज भट्टको बुवाको श्रद्धाञ्जली सभामा उनले भने, ‘यहाँ सातवटा सरकार कुनै हालतमा सञ्चालन हुन सक्दैनन् ।’ 

देशमा सञ्चालन भएका आयोजनको कामलाई गति दिन छोडेर नेताहरु आफ्नो सेवा सुविधामा लागेकाले सरकारले संघीयता पाल्नै नसक्ने उनको भनाइ छ । आफ्नो पार्टीले संघीयताको विपक्षमा अडान लिर्दै आएको बताउँदै उनले अब जनतालाई पनि संघीयता आवश्यक नभएको महसुस भइसकेको बताए । 

जनमोर्चाले सुरुदेखि नै संघीयताको विरोध गर्दा धेरैले लोभ लालच देखाउँदा पनि आफ्नो अडानमा बसेको उनको भनाइ छ । ‘सत्य कुराका लागि आफ्नो पार्टी कहिले पछि हट्ने छैन । प्रदेश सरकार गठन भएको ५-६ महिना नबित्दै प्रदेशको नाम, संघीय सरकार प्रदेश सरकारका विवावद उत्पन्न भइसकेको छ’, उनले भने, ‘यस्तै रहे जनता आफै सडकमा आउने छन् ।’ 

आफ्नो पार्टीले केन्द्रमा प्रजातान्त्रीक विकेन्द्रीकरणसहितको सरकारको पक्षमा रहेको बताए । अहिले गठन भएका ७ सरकारलाई नेपाली जनताले कुनै हालतमा पाल्न नसक्ने ठोकुवा केसीले श्रद्धाञ्जली सभामा गरे । जनताले धान्नै नसक्ने गरी कर लगाएर देशको समृद्धि नहुने केसीको धारणा छ । प्रदेश सरकारलाई दिने बजेट स्थानीय तहमा दिए मुलुक आफै समृद्ध बन्ने उनको ठहर छ ।

समृद्धिका सपना देखाउने सरकारले एउटा नाबालिका माथि बलात्कार हुँदा पीडितलाई न्याय दिन नसक्ने राज्यबाट जनताले के आशा गर्ने उनको भनाइ छ ।  नेता केसीले आफ्नो पार्टी जहिले पनि समृद्धिका पक्षमा रहेका बताए । नेता मनोज भट्टका बुवा नन्दलाल भट्टको श्रद्धान्जली सभामा भाग लिन उनी धनगढी पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.