शरद ऋतुमा १५९ आरोही हिमाल जाँदै
काठमाडौं : शरद ऋतुमा नौ वटा हिमाल आरोहणका लागि १ सय ५९ जना पर्वतारोहीले अनुमति लिएका छन् । ती पर्वतारोहीहरू २० दलबाट हिमाल आरोहणमा जाने तयारीसहित अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।
यो मौसममा सबैभन्दा धेरै मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा १२ आरोहण दलबाट १ सय ८ जनाले अनुमति लिएको विभागका सूचना अधिकारी मीरा आचार्यले बताइन् ।
लाङदुङ र धौलागिरिका लागि १५÷१५ जना आरोहीले आरोहण अनुमति लिएको हो । बरुत्से, चाङवानाङ, गाउगिरि, हिमलुङ, लाङदुङ, याराचुली हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।
विभागका अनुसार ८ हजार मिटरभन्दा अग्ला अन्य १३ हिमाल आरोहणका लागि भने अनुमति लिन आएका छैनन् । यसबाट १ करोड ३३ लाख ३ हजार २ सय ५६ रुपैयाँ राजस्व संकलन भएको छ ।
फोहोर व्यवस्थापनका लागि ४८ हजार अमेरिकी डलर धरौटीसमेत जम्मा भएको छ ।