जिदानको चर्चाले मोउरिन्होलाई तनाव

जिदानको चर्चाले मोउरिन्होलाई तनाव

लन्डन : जिनेदिन जिदान पछिल्लो समय फुर्सदमा छन्। प्रशिक्षकको रूपमा स्पेनिस क्लब रियल म्याड्रिडलाई युरोपेली च्याम्पियन्स लिगको लगातार तेस्रो पटक ऐतिहासिक उपाधि दिलाएसँगै जिदानले गत सिजनको अन्त्यबाट जिम्मेवारी त्यागेका थिए। त्यसपछि उनी आफ्नो परिवारसँग समय बिताइरहेका छन्। खेलाडीको रूपमा पनि निकै सफलता हात पारेका जिदानले रियल म्याड्रिडलाई दिलाएको पछिल्लो सफलताले प्रशिक्षकको हैसियतमा पनि उत्तिकै सफल बन्ने संकेत गरेका छन्।

त्यसैले उनलाई युरोपकै ठूला क्लबदेखि विभिन्न राष्ट्रिय फुटबल संघले समेत आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिरहेका छन्। यद्यपि यो अवधिमा उनले कुनै क्लब वा राष्ट्रिय टोलीसँग सम्झौता भने गरिसकेका छैनन्। पछिल्लो समय जिदानले आफू चाँडै नै प्रशिक्षणमा फर्कने बताएका छन्। तर, उनले आफ्नो आगामी गन्तव्यबारे भने केही खुलाएका छैनन्।

उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड जान लागेको समाचार भने बाहिर आउन थालेको छ। यसले म्यानचेस्टर युनाइटेडका वर्तमान प्रशिक्षक जोसे मोउरिन्होको भविष्य संकटमा पर्ने देखिएको छ। पछिल्लो समय म्यान युनाइटेडले घरेलु इङ्लिस प्रिमियर लिगमा खासै गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। त्यसले गर्दा प्रशिक्षक मोउरिन्हो दबाबमा छन्।

म्यान युनाइटेडले घरेलु इङ्लिस प्रिमियर लिगमा यो सिजनको सुरुवाती तीनमध्ये दुई खेलमा पराजय बेहोरेपछि प्रशिक्षक मोउरिन्होको ठूलै आलोचना हुन थालेको छ। त्यसैले जिदान प्रशिक्षणमा फर्कने समाचारले मोउरिन्होको जागिर खोसिने सम्भावना बढेको हो। ‘म चाँडै नै प्रशिक्षणमा फर्कंदै छु’, गोल डटकमलाई दिएको अन्तर्वार्तामा जिदानले भनेका छन्, ‘म प्रशिक्षणबाट धेरै समय टाढा रहन सक्दिनँ। यो मलाई मनपर्ने काम हो।’

रियल म्याड्रिडमा प्रशिक्षकको हैसियतले झन्डै तीन वर्ष बिताउँदा जिदानले रियललाई दुई च्याम्पियन्स लिग र एक घरेलु स्पेनिस ला लिगाको उपाधि दिलाएका थिए। उनले च्याम्पियन्स लिगको उपाधि जितेर घर फर्किएलगत्तै रियल म्याड्रिडलाई घरेलु र युरोपेली फुटबलमा थप सशक्त बनाउनका लागि प्रशिक्षण टोलीमा केही परिवर्तन आवश्यक रहेको जनाउँदै जिम्मेवारी त्यागेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.