नेपाली यू–१९ टोली इन्डिया‘ए’ सँग भिड्दै, यस्तो छ ताजा स्थिति

नेपाली यू–१९ टोली इन्डिया‘ए’ सँग भिड्दै, यस्तो छ ताजा स्थिति

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न भारत गएको नेपालको यू–१९ टोलीले अहिले दोस्रो खेल अन्तरगत भारतको टोली इन्डिया यू–१९ 'ए 'सँग प्रतिस्पर्धा गरिरहेको छ । एकाना अन्तराष्ट्रिय क्रिकेट मैदान लखनउमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।  पहिले ब्याटिङ गरेको नेपाली युवा टोलीले मध्यम प्रदर्शन गरिरहेको छ ।

अपडेट :  इन्डिया ए विरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । ७९ बलमा ४ चौका र एक छक्का सहित जोराले ५२ रन बनाएका हुन । ३५ ओभरमा नेपालको स्कोर ११८ रन पुगेको छ । 

नेपालको चौथो विकेट गुमेको छ । ओपनर तृतराज दास अर्धक सतक बनाउनबाट चार रनले चुकेका छन् । ८६ बल खेलेका उनले ७ चौकासहित ४६ रन बनाए । ३० ओभरमा नेपालले ९९ रन पुगेको छ । ४ विकेटको क्षतिमा

नेपाली टोलीमा  देखिएको ब्याटिङको सम्स्या यस खेलमा पनि यथावत रहेको छ ।  १७ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले १८ रन बनाउँदा दोस्रो र २३ रन बनाउँदा तेस्रो विकेट गुमायो ।  

रवि साह, रीत गौतम र कप्तान आसिफ शेख आउट भए । त्यसपछि तृत दास र सन्दीप जोराले सम्मालिएर ब्याटिङ गरिरहेका छन् । दास र जाेराले नेपालका लागि राम्रो साझेदारी गरिरहेका छन् ।  १६ ओभरको खेल सकिँदा नेपालको स्कोर ६२ रन पुगेको छ । ३ विकेटको क्षतिमा 


बुधबार  भएको पहलिो खेलमा भारतको राष्ट्रिय एकेडेमी टोली ‘इन्डिया यू–१९ बीसँग प्रतिस्पर्धा गरेको  नेपालको यू–१९ टोली  ४० रनले  पराजित भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.