बिर्तामोड फाइनलमा

बिर्तामोड फाइनलमा

बेलबारी : बिर्तामोड युनाइटेड दोस्रो डाँगीहाट अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा रेड हर्स क्लब इलामलाई ३–२ गोलले पराजित गर्दै बिर्तामोडले फाइनलमा मोरङ फुटबल एकेडेमीसँगको भेट पक्का गरेको हो । साविक विजेता बिर्तामोडको जितमा रोशन थम्स्वाङ, गणेश हेमरन र सञ्जय धिमालले गोल गरे । दर्शन गुरुङ र अनिल तिमल्सिनाले एकएक गोल फर्काए पनि इलामलाई जितका लागि पर्याप्त हुन सकेन ।

खेलको १४औं मिनेटमै बिर्तामोडका रोशन थम्स्वाङले गोलको खाता खोलेका थिए । इलामका गोलरक्षक दिपान्छु राउतले क्लियर गर्न नसकेको बललाई खेलको म्यान अफ दी म्याच रोशनले दर्शनीय गोल गरे । त्यसको १२ मिनेटपछि नै गणेश हेमरनले गोल गर्दै बिर्तामोडले अग्रता दोब्बर बनाए । इन्जुरी समयमा सञ्जय धिमालले गोल गर्दै बिर्तामोडको जित सुनिश्चित गरेका थिए ।

इलामका तर्फबाट भने दुवै गोल मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । दर्शन गुुरुङले उत्कृष्ट गोल फर्काएर इलामलाई सान्त्वना दिलाउने प्रयास गरे । खेलको अन्तिम समयमा अनिल तिमल्सिनाले गोल अन्तर घटाए पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.