म्याकको निधनमा शोकमग्न फ्यान

म्याकको निधनमा शोकमग्न फ्यान

गत शुक्रबार दिउँसो र्‍यापर म्याक मिलरलाई स्टुडियो सिटीस्थित उनकै घरमा मृत अवस्थामा भेटियो। ड्रगको ओभरडोजले उनको मृत्यु भएको धेरैको अनुमान थियो। शुक्रबार नै परिवारले उनको मृत्यु भएको बताए पनि बाँकी कुरा खुलाएन। परिवारले निकालेको वक्तव्यमा भनियो, ‘परिवार, साथी र फ्यानहरूमाझ ऊ एउटा चम्किलो प्रकाश थियो।’

एउटा चम्किलो प्रकाश सधैंका लागि धमिलियो। अमेरिकी गायक खालिदले ट्विट गरे, ‘रिप (रेस्ट इन पिस), मेरो प्यारो साथी।’

कोकिन र प्रोमथाजाइनजस्ता लागूऔषधको अत्यधिक प्रयोग गर्थे मिलर। पहिलो एल्बम ‘ब्ल्यु साइड पार्क’ रिलिज भइसकेपछि उनले ड्रग्स लिन थालेको बताइन्छ। ड्रगको सेवन गरेर उनले केही वितण्डासमेत मच्चाएका थिए। एकपटक नशामै कार चलाउँदा उनी दुर्घटनामासमेत परेका थिए। पुलिसले धेरैपटक उनलाई वार्निङसमेत दिएको थियो। न्युजविक भन्छ, ‘सन् २०१३ मा उनले नोइजीसँगको अन्तर्वार्तामा आफूले ड्रग्स सेवन गर्ने गरेको तथ्य खुलाएका थिए।’

‘ड्रग्स सेवन गर्नु खतरनाक छ। तर, ड्रग्स कुनै नयाँ चिज हैन, खासगरी मेरा लागि,’ मिलरलाई उद्धृत गर्दै न्युजविक भन्छ, ‘नोइजीसँग उनले ‘मैले १५ वर्षको उमेरदेखि नै ड्रग्स सेवन गर्दै आएको छु’ भनेका थिए।’ ड्रग्स लिनु त छँदैछ, उनी डिप्रेसनको सिकारसमेत भएको बताइन्छ।

उनको मृत्युमा शोक व्यक्त गर्दै अमेरिकी एक्टर, प्रोड्युसर, कमेडियन, टेलिभिजन होस्ट तथा गायक जेम्स कोर्डेनले २०१८, सेप्टेम्बर ८ का दिन बिहान ३ बजेर १३ मिनेट जाँदा ट्विट गरे, ‘मैले कहिल्यै पनि म्याक मिलरलाई भेट्ने मौका पाइन। तर, उनको गीतको प्रशंसक थिएँ। उनको मृत्युको समाचारले दुःखी बनायो।’

म्याक मिलर सन् १९९२ जनवरी १९ का दिन अमेरिकाको पेन्सिलभानियामा जन्मिएका थिए। क्रिश्चियन बुवा र ज्युज आमाका सन्तानका रूपमा जन्मिएका उनी आफूलाई ‘द कुलेस्ट ज्युज र्‍यापर’ भन्न रुचाउँथे। स्कुले उमेरदेखि नै उनी हिपहपमा खुबै चाख थियो। केही म्युजिकल इन्स्ट्रमेन्टहरू त उनले त्यतिबेलै बजाउन सिकिसकेका थिए। पियानो, ड्रम, बास, गितार उनको प्रिय म्युजिकल इन्स्ट्रमेन्ट थियो। यी सामग्री बजाउन उनले कुनै प्रशिक्षण लिएनन्। सबै आफैंले अभ्यास गरेर सिके।

१४ वर्षको उमेरदेखि मिलर र्‍याप म्युजिकमा लागे। गीतकार बन्ने सपना त उनको सानैदेखिको हो। म्याक मिलर नाममा चर्चित हुनुपूर्व उनी ई जेड म्याकका नामबाट चिनिन्थे। ई जेड नामबाटै उनले केही गीत रिलिज पनि गरे। ‘बट माई म्याकिन् आर नट इजी’ २००७ मा रिलिज गरिएको एउटा यस्तै ‘मिक्सटेप’ थियो। उनी र्‍याप ग्रुप ‘द इल स्पोकन’ को पनि सदस्य थिए। र्‍याप ग्रुपको सदस्य हुँदा उनले सन् २००८ मा ‘हाउ हाई’ गीत सार्वजनिक गरे। यसको सफलता सँगै ‘द जंकबक्स ः प्रेल्युड टु क्लास क्लोन’ र ‘द हाई लाइफ’ पनि रिलिज गरे।

मिक्सटेपबाट उनको यात्रा ‘रोस्ट्रम रेकर्ड’ सम्म पुग्यो। सन् २०१० मा १७ वर्षे मिलर रोस्ट्रमसँग जोडिन पुगे। यहाँबाट उनले ‘अन एन्ड अन एन्ड वियोन्ड’ गीत निकाले। त्यस्तै, पहिलो एल्बम ‘ब्ल्यु स्लाइड पार्क’ पनि रोस्ट्रमबाट रिलिज गरे, २०११ नोभेम्बर ८ का दिन। यो एल्बम ‘बिलबोर्ड २००’ को नम्बर एकमा पर्न सफल भयो, त्यो बेला। त्यसपछि त उनी रातरात सेलिब्रिटी बने। म्युजिकको क्षेत्रमा उनका नाम चर्चामा आउन थाल्यो।

एकपछि अर्काे गर्दै उनका एल्बमले सफलता पाउन थाल्यो। सन् २०१६ जुलाईमा उनले चौथो एल्बम सार्वजनिक गरे। उनका प्रायः एल्बमले आर्थिक रूपमा निकै प्रगति गर्‍यो। अमेरिकी ‘साइनिङ स्टार’को रूपमा उनको नाम आउन थाल्यो। २०११ मा उनी टीभीमा समेत पहिलो पटक देखा परे।

र्‍यापर मिलर सन् २०१६ देखि २०१८ सम्म पप स्टार एरिएना ग्रान्डीसँगको प्रेममा थिए। पछि सार्वजनिक रूपमै जानकारी दिएर उनीहरू छुट्टिएका थिए। अनायास भएको निधनको समाचारले उनका फ्यान दुःखी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.