बार्सिलोनाले जित्दा, रियल मड्रिड रोकियो
एजेन्सी : स्पेनिस ला लिगाको शनिबारको खेलमा साविक विजेता बार्सिलोनाले स्पष्ट जित निकाल्दा अर्काे दाबेदार टोली रियल मड्रिड बराबरीमा रोकिएको छ । बार्सिलोनाले रियल सोसिडाडमाथि २–१ को जित निकाली ३ अंक जोड्न सफल भयो भने रियल मड्रिड एथ्लेटिक विल्वाओसँग १–१ को बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।
रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा १२ औं मिनेटमा अरिच एलुस्टोन्डोको गोलबाट रियल सोसिडाडले अग्रता बनाएका थियो । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि ६३ औं मिनेटमा स्वारेजले बराबरी गोल गरे । त्यसलगतै ६६ औं मिनेटमा डेम्बेलेले गरेको गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।
बार्सिलोनालाई चुनौती दिनका लागि स्पष्ट जितको लक्ष्यसहित खेलेको रियल मड्रिडले एथ्लेटिक विल्बाओको घरेलु मैदानमा खेल बराबरी गर्नका लागि पनि निकै संघर्ष गर्नु प¥यो । ३२ औं मिनेटमा इकर मुनियनको गोलबाट अग्रता बनाएको एथ्लेटिक विल्काओले पहिलो हाफमा १–० को अग्रता कायम राख्यो । रियल मड्रिडका लागि इस्कोले ६३ औं मिनेटमा गरेको गोल नै रियल मड्रिडको हार रोक्ने गोल बन्न पुग्यो ।
४ खेलमा चारै जित निकालेको बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा रहँदा, अघिल्ला ३ खेलमा जित र एक बराबरी खेलेको रियल मड्रिड १० अंकका साथ दोस्रो स्थानमा छ । ला लिगाका शनिबारका अन्य खेलमा एथ्लेटिको मड्रिड–एइबरले १–१ र भ्यालेन्सिया र रियल बेटिसले गोलरहति बराबरी खेले ।
गत सिजन रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड ४ खेलखेल्दा ५ अंकाका साथ ५ औं स्थानमा छ ।