अफगानिस्तानसँग भिड्दै नेपाल

अफगानिस्तानसँग भिड्दै नेपाल

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को निमन्त्रणामा चार टोली सम्मिलित एक दिवसीय शृंखला खेल्न भारतको लखनउ पुगेको नेपाली यू-१९ राष्ट्रिय टोलीले राउन्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।

लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपालका लागि समूहगत चरणमा सान्त्वना जित हात पार्ने अवसरका रूपमा रहेको छ। प्रतियोगिताको सुरुआती दुई खेलमा लगातार पराजय बेहोरेपछि नेपाल र अफगानिस्तान दुवै टोलीले फाइनल पुग्ने आफ्नो बाटो बन्द गरिसकेका छन्। नेपाल र अफगानिस्तान दुवै टोली भारतको ‘ए’ र ‘बी’ टोलीसँग पराजित भएका हुन्।

नेपाल गत बिहीबार भएको आफ्नो पहिलो खेलमा भारतको ‘बी’ टोलीसँग ४० रनले पराजित भएको थियो। शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग आठ विकेटको भारी अन्तरले पराजित हुन पुग्यो। यस्तै आफ्नो पहिलो खेलमा भारतको ‘ए’ टोलीसँग एक सय ४० रनले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा भारतकै ‘बी’ टोलीसँग शुक्रबार दुई विकेटले पराजित हुन पुगेको थियो।

सुरुआती लगातार दुई खेलको पराजयसँगै यी दुई टोलीले फाइनलमा पुग्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने अवसर गुमाएका हुन्। भारतको राष्ट्रिय ‘ए’ र ‘बी’ टोलीसहित नेपाल र अफगानिस्तानको राष्ट्रिय टोली सम्मिलित प्रतियोगिताको राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि र पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने प्रावधान तय गरिएको छ।

यही नियमअनुसार आइतबार हुने खेलमा नेपाल र अफगानिस्तान एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा भारतको ‘ए’ र ‘बी’ टोली पनि एकअर्काविरुद्ध मैदानमा उत्रनेछन्। यद्यपि यी खेलको नतिजाले कुनै अर्थ राख्नेछैन। किनभने मंगलबार हुने फाइनल खेलमा भारतको ‘ए’ र ‘बी’ टोलीले खेल्ने तय भइसकेको छ भने तेस्रो स्थानका लागि नेपाल र अफगानिस्तान भिड्नेछन्।

सोही कारणले मोहम्मद आसिफ सेखको कप्तानीमा रहेको नेपाली युवा टोलीले हालै टेस्ट टोलीको मान्यता प्राप्त गरेको अफगानिस्तानविरुद्ध जितका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले त्यसअघि अफगानिस्तान पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना लागि कठिन प्रतिद्वन्द्वी रहँदै आइरहेको तथ्य भने भुल्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.