सप्तरीमा स्वाइन फ्लु, कञ्चनरूप महामारीग्रस्त क्षेत्र घोषणा

सप्तरीमा स्वाइन फ्लु, कञ्चनरूप महामारीग्रस्त क्षेत्र घोषणा

राजविराज : स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरूप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गरिएको छ।नगरपालिका क्षेत्रमा तीन बालक र एक महिलाको शंकास्पद मृत्यु भएको र कञ्चनरूप ७ बलुवाका ६० वर्षीय हरिलाल साहमा ‘स्वाइन फ्लु’को संक्रमण देखिएपछि नगरलाई महामारीग्रस्त घोषणा गरिएको हो।रुघाखोकीका बिरामी संख्या पनि बढ्दै गएपछि महामारीग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत सविनराज ढकालले बताए।

कञ्चनरूप नगर कार्यपालिकाको आपतकालीन बैठकले स्वास्थ्यकर्मीलाई बिदाका दिन समेत परिचालित हुन निर्देशन गर्दै आइतबारदेखि तीन दिन नगरका विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ। विद्यालय बन्दले ३० सामुदायिक र २४ निजी तथा संस्थागत विद्यालयका १२ हजारभन्दा बढी विद्यार्थीको पढाइअवरुद्ध गर्नुपरेको शिक्षा शाखा प्रमुख दामोदर ठाकुरले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूप २४ घण्टा सञ्चालन गराइएको र शनिबारसमेत पर्याप्त औषधिसहित तीन जना स्वास्थ्यकर्मीको टोलीलाई प्रत्येक वडाको घरदैलोमा खटाइएको नगरप्रमुख वसन्तकुमार मि श्रले बताए।

स्वाइन फ्लुको भाइरस भेटिएको वडा नं ७ र शंकास्पद मृत्यु भएको वडा नम्बर ४ सहित वडा नम्बर ११ मा स्वास्थ्य शिविर नै सञ्चालन गरिएको छ। स्वास्थ्यकर्मी अपुग भएपछि कञ्चनरूपले अन्यत्र स्वास्थ्य केन्द्र र चौकीबाट सहयोग लिएको छ।

स्वास्थ्य शाखा प्रमुख डम्बरप्रसाद गुप्ताका अनुसार घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले रुघाखोकीका बिरामीलाई घरमै प्राथमिक उपचार गर्ने र शंकास्पद बिरामीलाई रक्त र र्‍याल परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाउने गरेका छन्। उनले भीडभाडमा भारइसको संक्रमण तीव्र रूपमा फैलिन सक्ने भएकाले सार्वजनिक कार्यक्रम रोक्ने, भाइरसको संक्रमण तथा त्यसबाट बच्ने उपायबारे माइकिङ गर्ने, मास्क प्रयोग गर्न, हात नमिलाउनेजस्ता चेतनामूलक सन्देश प्रवाह गरिएको बताए।

भारतको झारखण्डस्थित बाबाधामबाट फर्किएकामा संक्रमण देखिएपछि बाबाधाम जानेलाई स्वास्थ्य सल्लाह दिने गरेको र फर्किनेहरूको परीक्षण गरेर मात्र जिल्ला प्रवेश गराउने गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

‘स्वाइन फ्लु’को संक्रमण देखिएपछि आपतकालीन बैठक बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने र भारतीय नाकामा हेल्प डेस्क राख्ने निर्णय गरेको छ। फोहोर तथा भीडभाडमा संक्रमण चाँडो फैलिने भएकाले भीडभाडमा सहभागी नहुन, हात नमिलाउन, सरसफाइमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राखी सजगता अपनाउन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.