करको विरोध गर्दा व्यवसाय बन्द

करको विरोध गर्दा व्यवसाय बन्द

मलंगवा : नगरपालिकाले तोकेबाहेकको थप कर दिन नमानेपछि लालबन्दी बजारका चार वटा ठेलामा बजारका ठेकेदारले ताला लगाएका छन् । नगरले प्रतिठेला दैनिक १२ रुपैयाँको दरले कर तोके पनि ठेकेदारले ४० रुपैयाँको दरले कर असुली गरेपछि स्थानीय व्यापारीले विरोध जनाएका हुन् । १२ रुपैयाँबाहेक नदिने अडान व्यापारीले लिएपछि शुक्रबार साँझ ठेकेदारले चार वटा ठेलाको फलफूल फालिदिएका छन् । ठेकेदारले चार वटा ठेलामा फलामको सिक्री लगाई ताला लगाएका छन् । ठेलामा ताला लगाएपछि व्यापारीहरूले न्याय खोज्दै नगरपालिकासमक्ष गुहार मागेका छन् ।

नगरपालिकाले निकालेको सूचनामा प्रतिठेला दैनिक १२ रुपैयाँ कर उल्लेख गरिएको लालबन्दीका फलफूल व्यापारी अशोक साहले बताए । आफूहरूले १२ रुपैयाँको दरले दिन तयार हुँदा ४० रुपैयाँका दरले लिन थालेपति विरोध गर्नुपरेको साहले बताए । ४० रुपैयाँको दरले दिन नमानेपछि ठेकेदारले शुक्रबार साँझ गाली गलौज गर्दै फलफूल फाली ठेला कब्जा गरेको साहले दुःख पोखे ।

सानो व्यापारमा पनि चर्को कर लगाएपछि आफूहरूको उठीबास हुने भन्दै नगरपालिकामा भदौ ६ गते निवेदन दर्ता गराएको रामबाबु महतोले बताए । ‘निवेदन दिएको २५ दिन भइसक्दा पनि सुनवाइ भएको छैन । नगरपालिकाले सुनवाइ नगरेपछि आफूहरूले तीन दिनदेखि कर दिएका थिएनौं । ठेकेदारले पाँच दिनको कर नदिएको भन्दै असुली गर्न आए ।’ महतोको गुनासो गरे ।

‘२० वर्षदेखि यही ठाउँमा व्यापार गर्दै आएको छु’, व्यापारी विनोद कापडले भने, ‘तर आजसम्म यसरी मनपरी कर तिर्नुपरेको थिएन, एक रुपैयाँदेखि कर तिर्दै आएका छौं । गत वर्ष १० रुपैयाँ थियो । तर यसै वर्षदेखि एकैचोटि ४० रुपैयाँ लिन थालियो । दैनिक तीनचार सयको बिक्री हुने पसलले कसरी ४० रुपैयाँको कर तिर्नू ? झन् कहिलेकाहीँ त बिक्री पनि हुँदैन ।

नगरपालिकाले नै ४० रुपैयाँ लिन भनेपछि आफूहरूले सोहीअनुसार कर उठाएको व्यापारी ज्ञानु योञ्जनले बताए । ‘व्यापारीहरूले ४० रुपैयाँ बढी भएको भनेपछि हामीले झन् पाँच रुपैयाँ कम गरी ३५ रुपैयाँ उठाएका छौं । अरू व्यापारीले सहजै कर तिर्दै आएका छन् । यी चार जनालाई मात्र आपत्ति भएको हो ।’ उनले नगरपालिकाले ठेलाको नभई प्रतिकार्टुन १२ रुपैयाँ लिन अह्राएको बताए ।

एउटा ठेलाले २० कार्टुन बेचे पनि आफुहरूले ३५ रुपैयाँ नै लिने गरेको योञ्जनले दाबी गरे । योञ्जनले आक्रोश हुँदै भने, ‘दिनभरि व्यापार गर्नेले कर तिर्ने बेला भाग्दा आफूहरूलाई समस्या हुन्छ । पाँच दिनसम्म कर नतिरेपछि बाध्य भएर ताला लगाएका हौं । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले ठेकेदारले बढी लिन खोज्ने र फलफूल व्यापारीले कम दिन खोज्ने गरेकाले विवाद निम्तिएको बताए । मेयर खड्काले भने, ‘व्यापारीहरूले ठेकेदारले कर बढी लिएको गुनासो गरेका छन् ।’ उनले पट्टामा तोकिएभन्दा बढी लिएको प्रमाण ल्याए कारबाही गर्ने बताए । ठेकेदारले ४८ लाख रुपैयाँमा बजार ठेक्का लिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.